हिउँदे वर्षापछि भएको हिमपातले किसान खुसी ।
सीता कुमाई, रेडियो कर्णाली, जुम्ला
पाखोमा लगाएको बाली सुक्ने अवस्थामा पुगेको बेला हिउँ परेपछि हिमाली क्षेत्रका किसान खुशी भएका छन् । यतिबेला परेको हिउँले जौँ, गहुँ, उवा र हिउँदे फलपूmलमा समेत सहयोग पुगेको छ । पुष महिनामा परेको हिउँको चिस्यान चैत वैशाख महिनासम्म कायम रहने हुँदा उत्पादन समेत बढ्ने किसानको अपेक्षा छ । पाखो जमिनमा लगाएको गहुँ सुक्ने अवस्थामा पुगेको बेला हिउँ परेपछि राहत भएको सिंजा गाउँपालिका वडानम्बर ५ का किसान विष्णु बहादुर रोकायाले बताउनुभयो । उहाँले पाखो जमिनमा गहुँ खेति गर्नुभएको छ । हिउँले गहुँलाई चिस्यान दिएको रोकायाको भनाइ छ । रोकाया जस्ता जुम्लाका हजारौँ किसानहरु हिउँ पर्दा खुसी भएका छन् । जुम्लाका अधिकांश पाखो जमीनमा आकाशे पानीको भरमा खेति गरिन्छ । हिउँदे बाली नसप्रिए हिमाली जिल्लाहरुमा खाद्य सङ्कट पर्ने सम्भावना रहन्छ । पुष महिनामा परेको हिउँले फलफूल लगायतका बालीमा सहयोग पुग्ने चन्दननाथ नगरपालिमा वडा नम्बर १० का किसान तुलाराम न्यौपानेको भनाइ छ । हिउँदे बालीमा लाग्ने विभिन्न किसिमको रोगकिराको सङ्क्रमणबाट समेत हिउँले बचाउने कृषि प्राविधिहरु बताउँछन् । विशेष गरी स्याउ, ओखर, आरु, नास्पति र अन्य हिउँदे फलफूलको उत्पादनमा वृद्धि हुने बताउनुहुन्छ, कृषि विकास कार्यालयका जुम्लाका कृषि प्राविधिक किरण न्यौपाने । हिउँ पछिसम्म पनि रहिरहने भएकाले हिउँदे बाली फस्टाउने भन्दै जुम्लाका किसानहरु खुसी भएका छन् । यो वर्ष जुम्लामा गत वर्षकेै भन्दा हिउँदे बाली दोब्बरले वृद्धि हुने अपेक्षा गरिएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













