उद्योगपति र किसान प्रतिनिधि बिच उखुको खरिद मुल्य निर्धारण हुन नसक्दा किसान मर्कामा ।।
समयमा नै उखुको खरिद मुल्य निर्धारण नहँुदा किसान मर्कामा परेका छन् । मङ्सिरमा नै उखुको खरिद मुल्य निर्धारण हुनेपर्नेमा हालसम्म पनि मुल्य निर्धारण नहुदा उखु विक्रि गर्न किसानलाई समस्या परेको किसानहरुले बताएका छन् । उखु हुर्काउन बिउ, मल, मजदुर, सिचाइ नगदमै खर्च गर्ने किसानले उखु काटेर उद्योग सम्म पु¥याउन मजदुरलाई नगद ज्याला दिनु पर्छ । तर, उखु उब्जाउने किसानले चिनी उद्योगबाट कति रकम कहिले पाउने टुंगो छैन । चिनी उद्योगका उद्योगपति र किसान प्रतिनिधि बिच मुल्यमा बिचार नमिल्दा उखुको मुल्य निर्धारण हुन नसकेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ । किसान प्रतिनिधि, चिनी उद्योगी र सरकारबीच मुल्यमा लगभग सहमति हुने अवस्था पुगेको र अबको केही दिनमै मुल्य निर्धारण गर्ने मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले सीआईएनसँग बताउनुभयो । सरकारले उखुलाई नगदेबालीका रुपमा सूचीकृत गरेको छ । तर किसानले भने उखु बेचेर नगद पाएका छैनन् । उखुको मूल्य निर्धारणमा ढिलाइ तथा रकम पनि प्राप्त नहुँदा उखु खेती गर्ने किसानहरु पछिल्ला बर्षहरुमा घट्दै जान थालेका छन् । उखु किसानहरुले मुसुरो, रहर तथा तोरीको खेती गर्ने क्रम बढेको छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...












