भक्तपुर, बैशाख ९ गते
कोरना भाइरस संक्रमण सभावित भक्तपुर नगरका बासिन्दाहरुको परीक्षण सोमबारबाट सुरु गरेको छ । जनस्वास्थय सेवा केन्द्र भक्तपुरले जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको समन्वयमा भनपा १० स्थित सरस्वती बिद्या गृहमा आडिटी विधिबाट कोरना भाइरसको परीक्षण थालिएको हो । परीक्षणको पहिलो दिनमा ९ जनाले परीक्षण गराएका थिए । तिनीहरु सबैको रिर्पोट कोरना भाइरस नभएको ल्याव टेक्निसियन योगिता खनालले जनाएका छन भने आज दोस्रो दिन भनपा ४, ५ र ९ वडाका बासिन्दाहरुका संभावित व्यक्तिहरुको परीक्षण गर्ने छन् । विहान ११ बजे देखि २ बजेसम्म परीक्षण टोलि परिचालन हुने जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरले जनाएको छ । भनपा ४ को तालाक्व, ५ वडाको भगवतीस्थान र वडा नम्वर ९ स्थित ख्वप इन्जिनियरिग कलेजमा परीक्षण गरिने छ । भक्तपुर नगरमा १०६ जना विदेशबाट आएका नगरवासीहरुको पहिचान गरेको छ । चैत्र १ गते देखि विदेशबाट भक्तपुर आएकाहरु र संभावित व्यक्तिहरुले आआफ्नो वडा कार्यालयमा सम्पर्क राखि कोरना भाइरसको परीक्षण गराउन भक्तपुर नगरपालिकाले अनुरोध गरेको छ । सोमबार मात्र भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाले ९ जना, भक्तपुर अस्पतालले २० जना, सूर्यविनायक नगरपालिकाले १७ जना गरी एकै दिनमा ४६ जनाको आडिटी परीक्षण गराएका थिए । परीक्षण गरिएका सबैजनाको रिपोर्ट नेगेटिभ वा कोरना भाइरसको संक्रमण नभएको जनाएको छ । यस अघि लक्षण देखिएका २७९ जनाको भने टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाबाट पिसिआर स्वाब परीक्षण पनि सम्पन्न गराइ सकेका छन् । यसै गरी नेपाल कोरिया मैत्री नगर अस्पतालबाट ४१ महिला र ५८ पुरुषको पनि कोरना भाइरसको परीक्षण सम्पन्न गरेको छ । अहिलेसम्मका यी सबै परीक्षणहरुमा कोरना भाइरस नभएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
Featured Posts – Style 1
Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न
2026-07-11 Comments Off on Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न
प्रविधिमार्फत नवप्रवर्तन र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले अर्किड इन्टरनेशनल कलेजद्वारा आयोजित ‘Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।...
वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं”
2026-07-09 Comments Off on वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं”
भक्तपुर, असार २४ — वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा समुदायमा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको...
पुरानो जगाती पुलको उद्घाटन शनिबार
2026-07-09 Comments Off on पुरानो जगाती पुलको उद्घाटन शनिबार
भक्तपुर, असार २५ – भक्तपुर नगरपालिका–८ स्थित पुनःनिर्माण सम्पन्न पुरानो जगाती पुलको उद्घाटन शनिबार विशेष समारोहका बीच गरिने भएको छ। भक्तपुर नगरपालिका...
उद्यमशीलताको बीउ पु“जी वितरण
2026-07-09 Comments Off on उद्यमशीलताको बीउ पु“जी वितरण
उद्यमशीलताको बीउ पु“जी वितरण२५ असार, भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त उद्यमशीलताको निम्ति प्राप्त बीउ पुजीको तेस्रो...
कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर
2026-07-09 Comments Off on कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर
कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर साइकल कने ट भक्तपुरसन् २०२१ मा भक्तपुरका केही साइकल ेमी युवाह को अनौपचारक...














