चानपाको वार्षिक समीक्षा

आजबाट सुरु भएको चाँगुनारायण नगरपालिकाको १५ औं नगर सभामा उपप्रमुख रमेश बुढाथोकीले वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेको छ । सो प्रतिवेदनको पूर्ण पाठ यसप्रकार छ ।

ूकृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधारू

चाँगुनारायण नगरपालिकाको नगरसभाको पन्ध्रौँ अधिवेशनमा प्रस्तुत हुने
आर्थिक वर्ष २०८०र८१ को
वार्षिक प्रगति
समिक्षा

प्रस्तुतकर्ताः रमेश बुढाथोकी
उपप्रमुख
चाँगुनारायण नगरपालिका, खरिपाटी भक्तपुर

१० असार २०८१
आदरणीय सभाध्यक्षज्यू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु, नगरसभाका सचिवज्यू चाँगुनारायण नगरपालिकाको यो गरिमामय नगरसभाको १५ औँ अधिवेशनमा उपस्थित सम्पुर्ण महानुभावहरुलाई नमस्कार एवं हार्दिक स्वागत गर्दछु ।

संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको राजनीतिक परिवर्तनको विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने शहीदहरुप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दछु । लोकतन्त्र प्राप्तिको अन्दोलनको अगुवाइ गर्नुहुने अग्रजहरुप्रति सम्मान व्यक्त गर्दछु ।

जनताप्रतिको उत्तरदायित्वलाई ईमान्दारी र निष्ठापूर्वक निर्वाह गर्ने क्रममा विकास निर्माण, रोजगारी सृजना र जनजीविकाको सम्बोधन गर्ने सवालमा हामी दृढताका साथ लागि परेका छौ । गत आर्थिक वर्षमा भएको विकास खर्चलाई आत्मसात गर्दै परिणाममुखी र मितव्ययी बनाउनको लागि दृढ विश्वासका साथ अघि बढेका छौ । नव निर्मित प्रशासकीय भवनबाट सबै सेवा सुचारु भैसकेको हुँदा सेवा प्रवाह थप सहज र प्रभावकारी भएको महशुस गरिएको छ ।

हामीले अंगीकार गरेको सबल स्थानीय सरकारको अवधारणा र चाँगुनारायण नगरपालिकाको दीर्घकालिन सोच ू कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधार ू समेतको दूरदृष्टिमा आधारित रही चालू आ।व।मा विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । अब म चालू आ।व।मा हालसम्म सञ्चालित योजना तथा कार्यक्रमहरुको वार्षिक समीक्षा यस गरिमामय सभामा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

नगरसभाका सदस्यज्यूहरु,

अब म वार्षिक रुपमा सम्पादन भएका कार्यक्रमहरुको मुख्य मुख्य उपलब्धि सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्दछु ।

१। चाँगुनारायण नगरपालिकाको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह भईरहेको छ ।
२। नगरको प्रथम पञ्चवर्षिय आवधिक योजना, मध्यमकालिन खर्च संरचना तर्जुमा गरि कार्यान्वयन गरिएको छ ।
३। चाँगुनारायण नगर अस्पतालमा सुविधा सम्पन्न डेन्टल ओ।पी।डी। तथा आधुनिक स्वास्थ प्रयोगशाला स्थापना गरी विशेषज्ञ सेवा सञ्चालनमा ल्याईएको छ ।
४। नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा ल्याव सेवा सञ्चालनमा ल्याईएको छ ।
५। नगरकोट भ्रमण वर्ष २०८२ लाई भव्य रुपमा सफल पार्न विभिन्न भौतिक पूर्वाधार, पदमार्ग निर्माण तथा पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याईएको छ ।
६। आर्थिक बर्ष ०७९र०८० मा पुँजीगत तर्फ उपत्यकाको सबैभन्दा धेरै खर्च गर्ने पालिका भएको छ ।
७। शैक्षिक रुपान्तरणका लागि चाँगुनारायण बहुमूखी क्याम्पसको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ ।
८। नेपाल सरकार समानिकरण अनुदान तर्फ रु १८ करोड ४९ लाख वार्षिक आय अनुमान गरिएकोमा रु १६ करोड १७ लाख ८७ हजार ५ सय रकम निकासा प्राप्त भएको छ जुन अनुमानको ८७ दशमलव प्रतिशत रहेको छ ।
९। संघीय सरकार राजश्व बाडँफाड तर्फ रु १० करोड ८२ लाख ४१ हजार अनुमान गरिएकोमा ६ करोड ७७ लाख ५१ हजार ४ सय ६० रुपैया बाँडफाड भई प्राप्त भएको छ । जुन अनुमानको ६२ दशमलव ५६ प्रतिशत रहेको छ ।
१०। संघीय सरकार सशर्त अनुदान चालु तर्फ रु। ३३ करोड ३७ लाख ४५ हजार वार्षिक आय अनुमान गरिएकोमा रु। ३२ करोड ६९ लाख ९० हजार ५ सय मात्र निकासा प्राप्त गरेको छ । जुन अनुमानको ९७ दशमलव ९८ प्रतिशत हो ।
११। संघीय सरकार सशर्त अनुदान पुँजीगत तर्फ रु ५ करोड ८७ लाख ५० हजार अनुमान गरिएकोमा ५ करोड ६९ लाख ५० हजार निकासा प्राप्त भएको छ जुन अनुमानको ९६ दशमलव ९४ प्रतिशत हो । नेपाल सरकार विशेष अनुदान र समपुरक अनुदान पुँजीगत तर्फ अनुमानित आयको शत प्रतिशत अनुदान रकम प्राप्त भएको छ ।
१२। बागमती प्रदेश सरकार समानिकरण अनुदान, सशर्त अनुदान चालू, विशेष अनुदान चालू तर्फ प्रस्तावित आय अनुसार सत प्रतिसत अनुदान रकम निकाशा प्राप्त भएको छ ।
१३। बागमती प्रदेश समपुरक अनुदान पुँजीगत तर्फ रु। २ करोड ९६ लाख ४० हजार आय अनुमान गरिएकोमा रु। २ करोड ५० लाख ३० हजार रकम निकाशा प्राप्त भएको छ ।
१४। बागमती प्रदेश सरकार राजश्व बाडँफाँड अन्तर्गतको घर जग्गा रजिष्ट्रेसन शुल्क तर्फ रु। ४५ करोड अनुमान गरिएकोमा रु। २४ करोड १८ लाख २४ हजार २ सय ९० प्राप्त भएको छ जुन अनुमानको ५३ दशमलव ७ प्रतिशत र सवारी साधन कर वापत रु। ६ करोड ९८ लाख २५ हजार बाँडफाँड हुने अनुमान गरिएकोमा रु। ६ करोड ३ लाख ९८ हजार ६ सय ३४ प्राप्त भएको छ जुन ८६ दशमलव ४४ प्रतिशत हो ।
१५। आ।व। २०८०र०८१ का लागि नगरपालिकाले आन्तरिक राजश्‍व तर्फ रु। २६ करोड २६ लाख ३० हजार संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु। १८ करोड ६९ लाख ९५ हजार ५ सय ३० संकलन भएको छ जुन ७१ दशमलव २ प्रतिशत हुन आउँछ । चालू आ।वको अन्त्यसम्ममा लक्ष्य अनुसार राजस्व संकलन हुने अनुमान गरिएको छ ।
१६। प्रत्येक वडामा १५ जनाका दरले विपद् व्यवस्थापन स्वयंसेवक टोली गठन गरी प्रथम उद्धारकर्ता प्रशिक्षण प्रदान गरी विपद्को अवस्थामा परिचालन गर्ने व्यवस्था मिलाईएको छ ।
१७। सामाजिक सुरक्षा भत्ताका ४ हजार ५ सय जना लाभग्राहीहरुलाई विद्युतीय प्रणाली मार्फत् कोष तथा लेखा नियन्त्रण कार्यालयबाट नै लाभग्राहीको खातामा रकम जम्मा हुने गरी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
१८। नगरपालिकाको संस्थागत स्वमूल्यांकन सूचकको १ सय अंकबाट गणना गर्दा ८५ अंक प्राप्त गरिएको छ । त्यसै गरी वित्तिय जोखिम सुशासन मूल्यांकन सूचकको १ सय अंकबाट गणना गर्दा ७६ दशमलव ५ अंक प्राप्त गरिएको छ ।
१९। नगर कार्यपालिकाबाट हुने सबै प्रकारका निर्णय तथा सूचनाहरु सबै नगरबासीहरुले जानकारी पाउने गरी वेबसाईट एंव मासिक बुलेटिन मार्फत सार्वजनिक गर्ने गरिएको छ ।

धन्यवाद १
शाखागत प्रगति हजुरहरुको हातहातमा उपलब्ध गराईएको छ । सोहीबाट अवगत गर्नुहुन अनुरोध गर्दछु ।
धन्यवाद १

आदरणीय नगरसभाका सदस्यज्यूहरुः

मैले चालु बर्षमा प्राप्त मुख्य मुख्य उपलब्धिहरु पेश गरेको छु । शाखागत तथा क्षेत्रगत प्रगति विवरण यसै साथ सलग्न गरेको छु । प्राप्त उपलब्धिमा सहयोग गर्नुहुने जनप्रतिनिधि, कर्मचारी लगायत सबै नगरबासीहरुमा धन्यवाद ज्ञापन गर्दै उपलब्धिहरुलाई अझ सुदृढ बनाउन आर्थिक सामाजिक लगायत सबै क्षेत्रको समतामूलक विकासका लागि सबै एकजुट हुन सबैमा अनुरोध गर्दछु ।

चाँगुनारायण नगरपालिकाको चालु आ।व। २०८०र०८१ को अनुमानित आय एवं व्यय विवरणः
चालू आ।व। २०८०र८१ को लागि विनियोजन भएको कुल बजेट रकम रु। १ अर्ब ७९ करोड ८५ लाख ४७ हजार रहेकोमा जेष्ठ मसान्तसम्म खर्च भएको रकम रु। १ अर्ब ९ करोड ८५ लाख ३२ हजार पाँच सय बयालीस रुपैयाँ र खर्च हुन बाँकी रकम रु। ६९ करोड ६५ लाख चौध हजार ४ सय ५७ रुपैयाँ रहेको छ । पुँजीगत तर्फ रु।‍ ५१करोड ६१ लाख ६२ हजार ४ सय ८५ र चालु तर्फ रु। ६१ करोड ४७ लाख ३१ हजार १ सय ८४ खर्च भएको छ । जुन पुँजीगत तर्फ ५४ दशमलव ९२ प्रतिशत र चालु तर्फ ७१ दशमलव ८७ प्रतिशत हुन आउँछ ।

विनियोजित बजेट तथा कार्यक्रमहरुको विषयगत तथा शाखागत प्रगति विवरण यस प्रकार रहेको छः
क। सुशासन, संस्थागत क्षमता विकास तथा सार्वजनिक सेवा प्रवाह
नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा नगरको आफ्नै प्रशासकीय भवनबाट सूचारु गरिएको
छ । नगरपालिका मातहतका ९ वडा कार्यालय, चाँगुनारायण नगर अस्पताल सहितका ११ स्वास्थ्य संस्था, एक आयुर्वेद औषधालय र ३ सेवा केन्द्र गरी २५ इकाइबाट सार्वजनिक सेवा प्रवाह भइरहेको छ । कार्यरत सबै कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गरी अभिलेख व्यवस्थापन गरिएको । प्रचलित कानून बमोजिम जिन्सी व्यवस्थापन गरी जिन्सी विवरण अद्यावधिक गरिएको छ ।

उपभोक्ताको हकहित सुरक्षाको लागि नियमित रुपमा बजार अनुगमन गरी अनुचित व्यपारिकजन्य क्रियाकलाप गर्ने फर्म तथा पसलहरुलाई १८ हजार ९ सय ४५ रुपैया जरिबाना र २१ हजार ९ सय ४५ रुपैया बराबरको म्याद नाघेका खाद्यसामाग्री नष्ट गरिएको छ । उपभोक्ताको सचेतनाको लागि जानकारीमूलक प्रचार सामाग्री वितरण गरिएको छ ।

आ।व। २०७९र८० मा महालेखा परीक्षक कार्यालयको अन्तिम प्रतिवेदनमा उल्लेखित बेरुजु रकम मध्ये आन्तरिक आयसँग सम्बन्धित असुल उपर गर्नुपर्ने बेरुजु रु। ७३ लाख ४ हजार असुल भएको छ ।
१। सूचना प्रविधि तर्फ
नगरपालिका अन्तर्गत रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको पर्यटकीय रुपमा प्रवर्द्बन एवंम् प्रचारप्रसार गर्न ड्रोनवेस डकुमेन्ट्रीहरुको निर्माण गरिएको छ । वेबसाईटमा सूचना तथा समाचार, विवरण, जानकारी, नगरपालिकाको जनसंख्या, घरधुरी, न्यायिक समितिको पोर्टल अपडेट गरिएको छ । नगरवासीलाई प्रविधिमैत्री वातावरण तथा सहजीकरण गर्न हालका लागि यस नगरपालिकाको सूचना, शाखागत विवरण, विभाग तथा कार्यक्षेत्र, घरबाट नै हेर्न मिल्ने स्मार्ट चाँगु बउउक ९एप्स० निर्माण गरिएको र आगामी दिनहरुमा डिजिटल सिफारिस, राजस्व भूक्तानी विवरण, डिजिटल प्रोफाईल र थप सेवा हरु उक्त बउउष्अिबतष्यल बाट नै उपलब्ध गरिने कार्ययोजना रहेको छ । ३ सय ६० डिग्री स्ट्रीट भ्यू म्याप जसमा यस नगरपालिकाको बाटो, गल्ली, लगायत सम्पूर्ण ठाउँ ३ सय ६० डिग्री बाट हेर्न सकिने पोर्टल तयारी अवस्थामा रहेको
छ ।

ख। सामाजिक विकास
१। शिक्षा, युवा तथा खेलकूद
चालू आ।व। २०८०र८१ मा शिक्षा, युवा तथा खेलकूद तर्फ विनियोजन भएको कूल रकम रु। ३ करोड ४६ लाख ८९ हजारमध्ये हालसम्म खर्च भएको रु। २ करोड ७१ लाख ८२ हजार अर्थात् ७८ दशमलव ३६ प्रतिशत खर्च भएको छ ।

नगरभित्र खेलकूदको विकासका निम्ति खेलाडीको माग तथा आवश्यकता बमोजिम विभिन्न खेल क्लबहरुलाई निःशूल्क खेल सामग्री वितरण सहित नगरपालिकाको पहिचान बढाउन नगरस्तरीय प्रतिभाको खोजी गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० लगायत खेलकूदका विभिन्न गतिविधिहरु सम्पन्न भएका छन् ।

विद्यालय उपचारात्मक अनुगमन सुपरिवेक्षणसहित सामुदायिक र संस्थागत विद्यालयहरुबीच अन्तर्क्रिया कार्यक्रम, विद्यार्थी सम्मान तथा उत्प्रेरणा कार्यक्रम साथै विषयगत समितिको बैठक लगायत सामुदायिक विद्यालयका सबै विद्यार्थीहरुका निम्ति दिवा खाजा कार्यक्रम सञ्‍चालन, बचत खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रम, शिक्षक शिक्षण डायरी तथा शैक्षिक भित्तेपात्रो प्रकाशन सहित कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरुको लागि आवश्यक सन्दर्भ तथा स्व(अध्ययन सामग्री छपाई तथा वितरण कार्य भएको । एकीकृत पाठ्यक्रममा आधारित कष्टमाईज्ड तालिम, चार दिने क्ष्भ्ःक्ष्क् तालिम, शिक्षकहरुको क्षमता विकास लागि नवप्रवेशी शिक्षक तालिम सम्पन्‍न भएका छन् ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति रकम निकासा, सामुदायिक विद्यालय सञ्‍चालन तथा व्यवस्थापन अनुदान, प्रति विद्यार्थी लागतका आधारमा सिकाई सामग्री तथा डिजिटल सिकाई सामग्री व्यवस्थाका लागि विद्यालयलाई अनुदान निकासा भएको छ ।

२। स्वास्थ्य तथा आयुर्वेद
७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण अभियान सञ्चालन भैरहेको छ ।

निस्शूल्क स्वास्थ्य बीमा अन्तर्गतको तेश्रो त्रैमासिकसम्मको रकम समेत भुक्तानी भईसकेको र चौथो त्रैमासिकको बीमा भुक्तानीको लागि प्रक्रिया अघि बढाईएको छ ।

यस नगरपालिका अन्तर्गतका कडा रोग लागेका बिरामीहरुको उपचारका लागि विपन्न नागरिक उपचारका १ सय १५ जनालाई सिफारिस गरिएको छ भने २ सय १८ जनाले दीर्घरोगको उपचार सहयोगबापत मासिक रु। ५ हजारका दरले सुविधा प्राप्त गरिरहेका
छन् ।

मातृत्वको सुरक्षा सुरक्षित भविष्य सहितको आमा अन्तर्गत गर्भवती महिलाहरुलाई निस्शुल्क ग्रामीण अल्ट्रा सोनोग्राफी ९भिडियो एक्सरे० कार्यक्रम सञ्चालन गरी ९ वटै वडामा १ सय १० जना गर्भवती महिलाहरुको निःशूल्क अल्ट्रा सोनोग्राफी, २ सय ८९ जनालाई निःशुल्क रगत व्यवस्थापन र सबै नगरबासीलाई निःशुल्क अक्सिजन वितरण नियमित भैरहेको छ ।

राष्ट्रिय ९भिटामिन ए० अभियान अन्तर्गत छ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम २०८० को कार्तिक र २०८१ को वैशाखमा सम्पन्न भएको छ ।

आधारभूत तथा अति आवश्यक औषधि खरिद, राष्ट्रव्यापी दादुरा रुबेला खोप अभियान सञ्चालन भएको छ ।

राष्ट्रव्यापी दादुरा रुबेला खोप अभियानमा ९ महिना देखि १५ वर्षसम्मका बालबालिकाहरु अनुमानित संख्या १ करोड ८६ लाख ९२ हजार ६ सय ९२ मा १७ हजार २ सय २८ जनालाई खोप लगाई करीब ९२ प्रतिशत लाई खोप लगाई सकिएकोछ ।

चाँगुनारायण नगर अस्पतालमा सुविधा सम्पन्न डेन्टल ओ।पी।डी।, विशेषज्ञ सेवा तथा आधुनिक स्वास्थ्य प्रयोगशाला र सबै स्वाथ्य चौकीबाट स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आईसकेको छ । नगरभित्रका ४७ जना क्षयरोगका बिरामीलाई सेवा उपलब्ध गराईएको
छ ।

स्वास्थ्य चौकीबाट प्रवाहहुने सेवालाई थप प्रभावकारी बनाउन सबै स्वास्थकर्मीहरुको लागि समयसापेक्ष तालिम कार्यक्रम सञ्चालन गरिएको छ ।

विद्यालय नर्स कार्यक्रम अन्तर्गत यस नगरपालिकाका ५ वटा विद्यालयमा विद्यालय नर्सहरुले नियमित रुपमा काम गरिरहेका छन् । प्रभावकारी सेवाको लागि चाँगुनारायण नगर अस्पतालको स्तरोन्नति कार्य भईरहेकोछ ।

विद्यालय आयुर्वेद तथा योग शिक्षा एवंम् योग शिविर कार्यक्रमका साथै नागरिकलाई आरोग्य तथा स्वस्थ जीवन प्रवर्द्बन गर्न आरोग्य समूह गठन गरिएको छ ।आयुर्वेद औषधालयबाट आयुर्वेदिक औषधी वितरणका साथै विद्यालय आयुर्वेद तथा योग शिक्षा एवंम् योग शिविर कार्यक्रम सञ्चालन भईसकेको छ।

३। महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण
चालू आ।व। २०८०र०८१ का लागि सामाजिक विकास अन्तर्गत विभिन्न शीर्षकमा विनियोजित कूल १ करोड ५६ लाख बजेटमध्ये रु। १ करोड ४६ लाख खर्च भएको छ । जुन विनियोजित बजेटको ९३ दशमलव ५८ प्रतिशत हुन आउँछ ।

लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि ६ वटा विद्यालयमा आत्मरक्षा तालिम, मनोसामाजिक परामर्श तालिम, लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान, लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण बजेट परीक्षण लगायतका क्रियाकलापहरु सम्पन्न भएका छन् । एकल महिलाहरुका लागि इलेक्ट्रिक टेम्पो ९अटो० ड्राइभिङ तालिम, धूप बाट्ने तालिम जस्ता कार्यक्रम सञ्चालन गरिएका छन् ।

बालमैत्री स्थानीय तहको अवधारणा अनुरुप सूचकहरुको दिगोपना, बाल वस्तुगत विवरणको सङ्कलन, बालविवाह रोकथाम, जन्मदर्ताको महत्वका बारेमा जनचेतनामूलक कार्यक्रम, विद्यालयमा लागूपदार्थ दुर्व्यसनविरुद्ध एवं साइबर सुरक्षासम्बन्धी अतिरिक्त कक्षा सञ्चालन, बालबालिकासँग सम्बन्धित होर्डिङ्ग बोर्डरसूचना पाटी स्थापनाजस्ता कार्यहरु सम्पादन भएका छन् ।

२२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री उपलब्ध गराइएको, उद्यमशीलता विकास तालिम, अपाङ्गता भएका व्यक्तिका परिवारका लागि स्याहारसम्बन्धी तालिम सञ्चालन तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थलगत अवलोकन एवं अनुगमन गरी परिचय पत्र उपलब्ध गराईएको छ ।
दलित समुदायका व्यक्तिहरुका लागि कम्प्युटर तालिम, नेतृत्व तथा क्षमता विकास तालिम कार्यक्रम ब्याण्ड बाजासम्बन्धी तालिम कार्यक्रम सञ्चालन भएका छन् ।

  ज्येष्ठ नागरिकहरुका लागि ज्येष्ठ नागरिक मिलन चौतारीहरुलाई विभिन्न कार्यमा सहजीकरण गरिनुका साथै यस कार्यक्रम सञ्चालनका लागि सहयोग उपलब्ध गराइएको छ ।

उपप्रमुखसँग महिला उद्यमशीलता कार्यक्रम अन्तर्गत सबै वडामा विभिन्न सीपमूलक तालिमहरु सञ्चालन भएका छन् । यो कार्यक्रमबाट ४ सय ८५ जना लाभान्वित भएका छन् ।

४ हजार ४ सय ९७ जना लाभग्राहीहरुलाई विद्युतीय भूक्तानी प्रणाली मार्फत् कोष तथा लेखा नियन्त्रण कार्यालयबाट नै लाभग्राहीको खातामा रकम जम्मा हुने गरी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको, घटना दर्ता तथा सामाजिक सुरक्षाका लाभग्राहीहरुका लागि सूचनामूलक सामग्रीहरु प्रकाशन, प्रसारण गरिएको छ । हालसम्म चाँगुनारायण नगरपालिकाका भूकम्पबाट प्रभावित कूल ११ हजार ९० मध्ये ७ हजार जनाले आवास पूनर्निर्माणका लागि तेश्रो किस्ताबापतको रकम प्राप्त गरिसकेका छन् ।

४। सहारा परियोजना ९स्वस्थ बुढ्यौली०
चाँगुनारायण नगरपालिका भित्रका ज्येष्ठ नागरिकहरुलाई स्वस्थ, सक्रिय, सुरक्षित र मर्यादित जीवनयापन गराउने उद्देश्यका साथ ज्येष्ठ नागरिकहरुसँग नगर प्रमुख भन्ने अवधारणा अन्तर्गत चाँगुनारायण नगरपालिकाको नेतृत्वमा स्वीस रेडक्रसको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारीमा सहारा कार्यक्रम ९ वटै वडामा सुरुवात भएको छ । चाँगुनारायण नगरपालिका अन्तर्गतका ९ वटै वडामा ज्येष्ठ नागरिक मिलन चौतारी गठन तथा पूनर्गठन र स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको बारेमा वडाका ज्येष्ठ नागरिकहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

५। खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम ९ध्ब्क्ज्०
आ।व।२०८०र०८१ को लागि विनियोजित बजेट रकम मध्ये हालसम्म खानेपानी सरसफाई तथा स्वच्छता ९वास० मा २५ लाख ४५ हजार ३ सय ३५ रुपैया खर्च भई ७२ दशमलव ७३ प्रतिशत वित्तीय प्रगति भएको छ ।

वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने नेपालकै पहिलो नगरपालिकाका रुपमा यस नगरपालिकाले कार्ययोजना निर्माण गरी कार्यान्वयनमा समेत ल्याएको छ ।

वातावरण र जनस्वास्थ्य संस्था ९एन्फो० को सहयोगमा नगरपालिकामा सुरक्षित पानी र उत्थानशील नगरपालिका परियोजना सञ्चालन भई विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् ।

चाँगुनारायण न।पा वडा नं। ७ र ८ को सिमानामा रहेको घट्टे खोला स्थित सार्वजनिक जग्गामा निर्माण गर्न लागिएको फोहोरमैला व्यवस्थापन केन्द्रको अन्तिम विस्तृत परियोजना प्रतिवेदन तयारी भइरहेको छ ।

ग्क्ब्क्ष्म् स्वच्छ हावा कार्यक्रम पाइलट परियोजनाको रुपमा चाँगुनारायण नगरपालिकामा सञ्चालन भईरहेको छ ।

नगर क्षेत्रभित्र १ सय ४ वटा खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिहरु क्रियाशील रहेको तथा समुदायको लागि २ घण्टा अभियान अन्तर्गत २ न। वडाबाट ५८ औं हप्ताको सरसफाई अभियान सञ्चालन गरी सकेको साथै अन्य वडाहरुमा पनि नियमित रुपमा सरसफाई अभियानहरु सञ्चालन भईरहेका छन् ।

विश्‍व वातावरण दिवस–२०२४ को अवसरमा वातावरण र जनस्वास्थ्य संस्था ९एन्फो० को सहयोगमा “हरित प्रर्दशनी” कार्यक्रमको आयोजना गरिएको छ । एन्फोको सहयोगमा “केन्द्रित शहरी क्षेत्रमा एकीकृत पानी व्यवस्थापन” परियोजना सञ्चालनमा रहेको छ ।
ग। आर्थिक विकास
१। कृषि विकास
स्थलगत अनुगमन गरी १ सय जना कृषकलाई विषादी, १ हजार प्याकेट बर्खे तरकारी मिनिकिट, ४ हजार प्याकेट हिउँदे तरकारी मिनिकिट निःशूल्क वितरणका साथै ३ हजार ५ सय के।जी। उन्नत गहुँ र १ हजार के।जी। खुमल जातको धानको बीउ वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा फलफूल बिरुवा वितरण एवंम् १ हजार ९ सय ४४ थान ग्रेन प्रो ब्याग वितरणका साथै ७५ प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरिएको छ ।

वडा न।१,२,३ र ४ मा घुम्ती तालिम तथा वडा नं। ५,६,७ मा ७ वटा तालिम कार्यक्रम सम्पन्न गरिएको र सेवा केन्द्रबाट नियमित परामर्श सेवा दिईएको छ । किसान सूचीकरण गर्न गणकहरु खटाई २ हजार ७ सय ६४ पूर्ण विवरण प्राप्त भएको छ भने बाँकी विवरण संकलन प्रक्रियामा रहेको छ ।

वडा नं। १,२,४ र ७ मा जम्मा ४७ थान मिनिटिलर वितरण गर्ने प्रक्रियामा रहेको साथै ६० प्रतिशत अनुदानमा ६ वटा बोरिङ्ग, १ ईनार र ३ सय मिटर पाईप वितरण गरी ५० प्रतिशत लागत साझेदारीमा ९ वटा व्यवसायिक कृषकलाई रु। १ लाखका दरले अनुदान उपलब्ध गराइएको छ । वडा नं। ६ मा कृषि पर्यटन प्रर्वद्बन कार्यक्रम ९हाट बजार निर्माण०, वडा नं। ५ मा तरकारी सङ्कलन केन्द्र निर्माण र वडा नं। ९ मा कौशी खेती सञ्चालनमा रहेको छ । हेटौँडा प्रयोगशालाको सहकार्यमा १ सय ४३ माटोको नमूना जाँच र सबै वडामा मिनिल्याव स्थापना गर्ने प्रक्रिया अगाडि बढाईएको छ ।

२। सहकारी
सहकारी अन्तर्गत विनियोजित रु। १५ लाख २० हजार बजेट मध्ये रु।११ लाख ३ हजार खर्च भएको छ जुन विनियोजित बजेटको ७४ दशमलव ३४ प्रतिशत हुन आउँछ । नगरपालिकामा सूचिकृत भएका ७० सहकारीहरुको लेखा परीक्षण सम्पन्न भएको छ ।

सहकारी संस्थाहरुलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम, लेखा व्यवस्थापन सम्बन्धी तालिम साथै २१ वटा सहकारी संस्थाहरुको सघन अनुगमनको कार्य सम्पन्न गरिएको छ ।
अन्तक्रिया कार्यक्रम तथा कानूनी विषयमा अभिमुखीकरण कार्यक्रमहरु सम्पन्न भएका छन् ।

३। पशुपंक्षी विकास
पशुपंक्षी विकास तर्फ विनियोजित रु। १ करोड ६ लाख मध्ये रु। ७३ लाख ८६ हजार ७ सय ८० खर्च भएको छ । जुन विनियोजित बजेटको वित्तिय प्रगति ६९ दशमलव ८९ प्रतिशत र भौतिक प्रगति आन्तरिक तर्फ शत(प्रतिशत हुन आउँछ । नश्‍ल सुधार कार्यक्रममा गाई ६ हजार २ सय १५, भैसी ४ सय ३८ र बाख्रा ३६ गरी जम्मा ६ हजार ८ सय ८९ गाई भैसी तथा बाख्रामा कृत्रिम गर्भाधान, ३ सय ५७ जना कृषकहरुलाई पशुपंक्षी पालन सम्बन्धी तालिम सञ्चालन गरिएको छ । रेविज रोग नियन्त्रणको लागि ५ सय ६२ सामुदायिक कुकुरको बन्ध्याकरण तथा ५ सय ८८ कुकुर बिरालामा रेविज रोगविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको छ । पशुधन सुरक्षाको लागि ६ सय १५ कृषकक १ हजार ४ सय ९ गाई, १ सय ३० भैँसी र ३ सय ७२ भेडा बाख्राको निःशूल्क बीमा गरिएको छ ।

महामारीजन्य पशु रोग नियन्त्रण तथा व्यवस्थापन गर्न सबै वडामा कृषकको घर दैलोमा गई ९ सय पशु जाँच गरी निःशूल्क औषधी वितरण गरिएको छ । पशुपन्छीहरुमा खोप कार्यक्रम अन्तर्गत ४ हजार ९ सय ११ गाई भैसीमा खोरेत र ७ हजार ५ सय ८२ भेडा बाख्रामा पिपिआर रोगविरुद्ध खोप लगाइएको छ । लम्पी स्किन रोग नियन्त्रण कार्यक्रममा चाँगुनारायण नगरपालिकाबाट ५ हजार १ सय २५ डोज खोप र प्रदेशबाट ४ सय डोज खोप गरी ४ हजार ८ सय ८१ पशुमा लम्पी स्कीन रोग विरुद्ध खोप लगाईएको छ ।

एक वडा एक पशु स्वास्थ्य शिविर कार्यक्रम अनुसार पालिकाको ९ वटै वडाका १ हजार २ सय ६३ पशुलाई जाँच तथा परामर्श दिई निःशूल्क औषधी साथै ८ सय ३७ कृषकलाई निःशूल्क घाँसको बीउ तथा बिरुवा वितरण गरिएको छ । नियमितरुपमा इपिडिमियोलजी रिपार्ट तथा ँःम्, एएच् र ब्चतभह रोग देखा परेका नमुना सङ्कलन गरी ीबद मा पठाईएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममार्फत् वडा नं। ७ र ८ मा ५० प्रतिशत अनुदानमा १७ उन्नत गाई तथा २ वटा च्यापकटर वितरण गरिएको छ ।


४। रोजगार सेवा केन्द्र ९प्रधानमन्त्री रोजगार कार्यक्रम ०
विनियोजित रकम रु। ९२ लाख २० हजार मध्ये रु। ६७ लाख २७ हजार ५ सय ६४ खर्च भएको छ जुन ७३ प्रतिशत हुन आउँछ । न्यूनतम रोजगारीमा संलग्न हुन बेरोजगारको रुपमा वडा कार्यालयहरु दर्ता भई प्राप्त भएका ५ सय ५५ सूचीकृत बेरोजगारहरु मध्येबाट प्राथमिकीकरण अनुसार ९ वटै वडामा १ सय ६ जना श्रमिकहरुलाई वडास्तरीय एक दिने अभिमुखीकरण कार्य सम्पन्न गरिएको छ । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति कार्य अन्तर्गत १२ जनालाई श्रम स्वीकृति दिइएको छ । आ।व। २०८१र८२ का लागि ५ सय २ जना बेरोजगार व्यक्तिको विवरण भ्ःक्ष्क् मा प्रविष्टी गरिएको छ ।

५। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ९मेड्पा० कार्यक्रम तर्फ
विनियोजित रकम रु। १२ लाख मध्ये १० लाख ६७ हजार ३ सय ५ मात्र खर्च भएको छ । जुन ८८ दशमलव ९४ प्रतिशत हुन आउँछ । यस आ।व। २०८०र८१ मा यस शाखा अन्तर्गत अभिमुखीकरण कार्यक्रम, उद्यमशीलता विकास तालिम, सीप विकास तालिम अन्तर्गत अचार बनाउने आधारभूत तालिम, ढाका बुनाई तालिम, दालमोठ भुजिया नमकिन आलुचिप्स बनाउने र झोल साबुन फिनेल हर्पिक सर्फ बनाउने तालिम सञ्चालन मार्फत नगर भित्रका १ सय ६६ जनाले सीप सिक्नु भएको छ । वडा नं। ४ स्थित चाँगुनारायण ढाका लघु उद्यमी समूहलाई प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत ढाका बुनाइ उद्योगलाई प्रविधिमा टेवा पुर्‍याउने उद्येश्यले ४ वटा ढाका बुन्ने तान प्रदान गरिएको छ ।

६। पर्यटन प्रवर्द्बन तर्फ
विनियोजित रकम रु। १५ लाख मध्ये रु। १४ लाख ९३ हजार १ सय ९५ खर्च भएको छ । जुन खर्च ९९ दशमलव ५ प्रतिशत हुन आउँछ । ३९ जना स्थानीय पथ प्रदर्शक तालिम, २० जनालाई न्याउली बाजा प्रशिक्षण र ३० जना होमस्टे सञ्चालक एवं सञ्चालनको तयारीमा रहेका सहभागीलाई ७ दिने होमस्टे आधारभूत तालिम प्रदान गरिएको छ ।

ग। पूर्वाधार विकास क्षेत्र
१। योजना तथा पूर्वधार विकास
उपभोक्ता समितिका पदाधिकारीहरुको निम्ति कार्यक्रमरयोजना सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाका कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न खरिद सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । हालसम्म ४७ वटा विकास निर्माण सम्बन्धी योजनाहरु ठेक्का प्रक्रियामा गएका छन् । हालसम्म सम्पन्न भएका विकास निर्माण सम्बन्धी ठेक्का योजनाहरु मध्ये १६ वटाको योजनाको कार्य सम्पन्न भई भुक्तानी भएको छ । चालु आ।व।२०८०र८१ मा निर्माण सम्बन्धी आयोजना अन्तर्गत कुल ७ सय २७ वटा योजनाहरुको सम्झौता भईसकेको जसमध्ये ५ सय ६२ वटा योजनाहरु सम्पन्न भईसकेका छन् ।

२। शहरी विकास तथा भवन नक्सा
नगरपालिका क्षेत्रभित्र निर्माण हुने भवनको नक्सा पास प्रक्रियालाई पारदर्शी वैज्ञानिक र आधुनिक प्रविधिमैत्री बनाउन अनलाईन नक्सापास प्रणाली भ(द्यएक् ९ई(बि पि एस० अनिवार्य गरिएको छ । नगरपालिका क्षेत्र भित्र निर्माण हुने सबै किसिमका भवन निर्माणमा भवन निर्माण संहिता प्रभावकारी रुपमा लागू गरिएको छ । चालु आ।व।मा ४ सय ६२ वटा भवनको प्लिन्थ लेवल ९म्एऋ० सम्मको निर्माण ईजाजत, २ सय ७४ वटा भवनको निर्माण इजाजत, १ सय ७४ वटा भवनको निर्माण सम्पन्न, ५३ वटा भवनको आंशिक निर्माण सम्पन्न र ६१ वटा भवनको नक्सा नामसारी गरिएको छ । नक्सा पास दस्तुर बापत हालसम्म २ करोड १८ लाख ५० हजार ८ सय ८१ रुपैया संकलन गरिएको छ । नगरपालिका तथा वडा कार्यालयमा कार्यरत सम्पूर्ण प्राविधिकहरुलाई क्षमता अभिबृद्धिका साथै कार्य सम्पादनमा अब्बल बनाउन द्यगष्मिष्लन क्तचगअतगचभ ९बिल्डिङ्ग स्ट्रक्चर० सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।

घ। राजस्व प्रशासन
आ।व। २०८०र८१ को २०८१ जेठ मसान्त सम्म १ सय ४८ वटा व्यवसाय दर्ता गरिएको छ । नगरपालिकाको राजश्‍व काउण्टरमा नगद कारोवार बन्द गरी बैंक दाखिला भौचर मार्फत शुत्र प्रणालीबाट राजश्‍व संकलन गर्ने व्यवस्था मिलाईएको छ । नगरपालिका क्षेत्रबाट बाहिर निकासी हुने काँचो ईँटा तथा पाँगो माटोको कार्यालयका कर्मचारीहरुबाट निकासी शुल्क उठाईएको छ । नगर प्रहरी परिचालन गरी अनधिकृत माटो कटिङ, माटो, बालुवा चोरी निकासीमा नियन्त्रण गरिएको छ । राजश्‍व बृद्धिका लागि करका दर तथा दायराहरुको विषयमा जनप्रतिनिधि र राजश्‍व सम्बन्धित कर्मचारीहरुका लागि बृहत छलफल तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।आ।व। २०८०र८१ को २०८१ जेठ मसान्त सम्म २३ करोड ७५ लाख आन्तरिक आय संकलन गरिएको छ ।

ङ। विपद् व्यवस्थापन
विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्य योजना तथा मनसुन पूर्वतयारी योजना २०८१ तयार गरिएको छ । विपद् व्यवस्थापन स्वयंसेवकहरु राष्ट्रिय स्वयंसेवक व्यवस्थापन प्रणालीमा आबद्ध गराईएको छ । आगलागी, बाढी, पहिरो र जनावर आतंकबाट प्रभावित १५ परिवारलाई राहत रकम वितरण गरिएको छ । मनसुनको समयमा २ सय ६० परिवारलाई प्लाष्टिक, त्रिपाल र बोरा वितरण गरिएको छ । वडागत रुपमा आधारभूत खोज तथा उद्धारका सामग्रीहरु भण्डारण गरिएको छ । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको छ । विपद् पोर्टल तथा विपद् सहायता कक्षा स्थापना तथा सञ्चालन गरिएको छ । पहिरो रोकथाम तथा नियन्त्रण सम्बन्घी १८ योजनाहरु सम्पन्न भएका छन् ।

च। न्यायिक समिति तथा कानून
नगरपालिकाका सबै वडाका करिव ५ सय नगरबासीको सहभागितामा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाका युवाहरुलाई स्थानीय तहको व्यवस्थापकीय अधिकारको वारेमा जानकारी दिन नमुना युवा नगरसभा कार्यक्रम आयोजना सम्पन्न गरिएको छ । नगरसभाका सम्पूर्ण सदस्यहरुको सहभागितामा कानूनी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
मुद्दा सम्बन्धी
जेष्ठ मसान्त सम्म दर्ता भएको कुल मुद्दा संख्या( ८४
फरर्छ्यौट भएको मुद्दा संख्या( ४५
अदालत पठाएको – १०
निर्णय भएको – १०
मिलापत्र भएको( १५
डिसमिस भएको( १० चालु अवस्थामा( ३९
न्यायिक समितिमा परेका ठाडो निवेदन एवं अन्य किसिमका निवेदनहरु उपर छलफल गरी मिलाईएकोस्
क। घरेलु हिंसा – ३
ख। अन्य (७
यस अ।व। मा १८ जना मेलमिलापकर्ताहरु सूचीकृत भई नगरस्तरीय मेलमिलाप केन्द्र सञ्चालन भईरहेको छ ।
मैले यस सम्मानित नगर सभा समक्ष प्रस्तुत गरेको वार्षिक प्रगति विवरण माथि कुनै सुझाव वा थपघट गर्नु पर्ने भए नगर सभाको सञ्चालन प्रणाली बमोजिम व्यवस्था हुन सभाध्यक्ष समक्ष सादर अनुरोध गर्दछु ।

धन्यवाद