भक्तपुर, वैशाख ८ गते
कोरना भाइरसको जोखिम बढेसँगै देशमै पहिलो पटक क्वारेन्टाइन बनाएर उहानबाट ल्याएका १७५ विद्यार्थीहरु ब्यवस्थापन गरेकोे भक्तपुर जिल्लामा कोभिड १९को पूर्वतयारी र परीक्षणको अवस्था कस्तो छ त?कोरना भाइरस संक्रमण फैलिएका क्षेत्रबाट आएका व्यक्तीहरुको ब्यवस्थापन मानव बस्ती भन्दा ताढा राख्नुपर्ने जोड दिइरहँदा विदेशबाटै आएका व्यक्तिबाट नेपालमा कोरना भाइरसको संक्रमण बढ्दै अहिले ३१ जना संक्रमित भइसकेका छन् । त्यस मध्य ४ जनाको निको समेत भइसक्दा देशभर कोरना भाइरसको जोखिम व्यबस्थापनमा ध्यान आकर्षित भइरहेकोे छ । अमेरिका, इटली, फ्रान्स, बेलायत जस्तो विकसित देशहरुमा फैलि रहेको कोरना भाइरस संक्रमण र उपचारको चापलाई ध्यान दिने हो भने यहाँको तयारी, दक्ष जनशक्ति र भौतिक पूर्वाधार निकै कम छ, अपूग हुन्छ भनि विज्ञहरुले विश्लेषण गरी रहेको बेला न्यूनतम पूर्वतयारी कतिको भएको छ त? भन्ने सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको तथ्यांग यस्तो रहेको छ ।
जिल्लाभर क्वारेन्टाइन ३६३ बेड, आइसोलेशन बेड ११४ यसमा ५० बेड कोरना भाइरस संक्रिमितको उपचारका लागि विशेष बाहेक परि आए जिल्लाका सर्वाजनिक भवन, होटलहरु, स्कूल, विद्यालय, कलेजसम्मका भवनहरुलाई क्वारेन्टाइन बनाउने योजना आन्तरिक रुपमा बनाइरहेको देखिए पनि सरकारले एउटा स्थानीय तहले एक हजार क्वारेन्टाइन बनाइ तयारी गर्नुपर्ने निर्देशन भने पूर्णरुपमा कार्यान्वयनमा आएको देखिन्दैन । स्थानीय तह अन्तर्गत जो जहाँको नागरिक भएपनि यथास्थानबाट अति आवश्यक भएका समुदायलाई राहात वितरण गरी लक डाउनमा राख्र्ने निर्देशनपछि भने मध्यपुर थिमी नगरपालिकाले तीन करोड, चाँगुनारायण नगरपालिकाले साधेदुई करोड, भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाले एक एक करोड रुपियाँ राहात कोष खडा गरी पहिलो चरणको राहात वितरण गरी सकेको छ । जनस्तरमा राहात र बासको उचित माग गर्नेको संख्या लक डाउन बढेसँगै बढि रहेको छ । कतिपय राहात पाउने लिस्तमा रहेकाहरु समेत लक डाउनको उलंघन गरी गाउँ गाउँ पुगेका छन् । केही मनकारी संसंस्थाहरुले बाटोमा खाना खाने ब्यवस्था गरिरहेका छन् । स्थानीय तहले राहातको व्यवस्था गर्ने र जो जहाँ रहेका छन्, त्यहि रहने भन्ने सरकारको आदेश उलंघन दिनप्रतिदिन बढि रहेको छ । यसरी लक डाउन जानि नजानि उलंघन गराउनु भन्दा घर जान चाहनेहरुको स्वास्थ्य परीक्षण गरी घर घर पठाउने ब्यवस्था गरेको भए निकै सहज हुने विश्लेषण भइरहेको छ ।
अन्तर जिल्ला समन्वयमा २० हजार भन्दा बढी मजदुरहरु जिल्ला प्रशासनको पासबाटै घर फर्केका छन् भने अझै १० सौं हजार कामदार र समुदाय आआफ्नो घरमा जाने अनुमति नपाएर लक डाउनमा छन् । कतिपय यस्ता समुदायले दोस्रो चरणको राहात माग्न वडा कार्यालयहरुमा धाउन थालेका छन् । सरकारी मापदण्ड र जनताको अत्यावश्यकिय बन्दोबस्त हुन नसक्दा वा कोरनाको जोखिमका कारण भक्तपुर छोडेर हिड्नको संख्या दिन प्रतिदिन बढ्दो छ । घर फर्केकाहरु बाटोमा अलपत्र परेको, प्रहरीले रोकेको घटनाक्रमहरुमा भक्तपुरबाट जानेहरुको नामपनि दिन प्रतिदिन जोडिन थालेबाट यो कुरा प्रष्ट हुन्छ ।
कोरना भाइरसको उपचारको तयारी
कोरना भाइरसको सभावित संक्रमतहरु राख्न ३६३ क्वारेन्टाइन बेड बनेका छन् । जसमध्ये खरिपाटीस्थित विद्युत तालिम केन्द्रमा २०८ जहाँ चीनबाट आएका १७५ विद्यार्थी ब्यवस्थापन गरेको थियो भने ति विद्यार्थी लिन गएका चिकित्सक, पाइलटहरु राखेको, नगरकोटस्थित पानी ट्याकीमा २३ बेड छन् । यसै गरी भक्तपुर क्यान्सर अस्पतालमा २, नेपाल कोरिया मैत्री नगर अस्पतालमा २०, नगरिक अस्पतालमा १०, कृषि बिकास बैंक तालिम.केन्द्र बोडेमा ५०, सुर्यविनायक नगरपालिका अन्र्तगत विभिन्न होटलहरुमा बनाएको ५० वटा बेडहरु रहेका छन् भने संक्रमितहरुको उपचारका लागि आइसोलेशन बेडहरु भने ११४ वटा तयारीमा देखिन्छन् । त्यस मध्ये ५० वटा बेड संक्रिमितहरुको उपचारकै लागि भनेर तयारी अवस्थामा राखेको छ । यस मध्ये सम्भावित संक्रमितलाई र संक्रमितलाई उपचार गर्न गरी दुई प्रकारको आइसोलेशन बेडहरु रहेका हुन् । यस्ता बेडहरु कोरना हवको रुपमा रहेको भक्तपुर अस्पतालमा १०, के. एम. सि. दुवाकोटमा ७२, भक्तपुर क्यान्सर अस्पतालमा ५, सिद्दि स्मृती बाल तथा महिला अस्पतालमा १, डा. इवामुरा मेमोरियल अस्पतालमा ४, नेपाल कोरिया मैत्री नगर अस्पतालमा १६, नागरिक अस्पतालमा ३, समिट अस्पतालमा २, बि.पि. आइ, लोकन्थलीमा १ रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांगमा उल्लेख छ । जिल्ला स्वास्थ्य कार्यालयले गत हप्ता मात्रै यी अस्पतालहरुको स्थालगत अनुगमण गरी सो दाता अभिलेखिकरण गरेको कार्यालयका प्रमुख कृष्ण मिजारले जनाएको छ । जिल्लाभरका विभिन्न अस्पतालहरुमा आइसियू भने २८ वटा रहेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

विदेशबाट भक्तपुर आएकाहरुको पहिचान
जिल्ला विपद् व्यवस्थापन सेन्टरले विभिन्न देशबाट हवाई मार्ग तथा स्थलमार्गबाट आएका २१५ जनाको पहिचान गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनाएका छन् । तिनीहरु स्वयं क्वारेन्टाइनमा रहेको पनि उहाँले बताए । विभिन्न देशबाट फर्किएका १७५ जना र ९६ गरी दुई लटलाई भक्तपुरको क्वारेन्टानमा ब्यवस्थापन गरिए पनि भक्तपुरमा फर्केकाहरुलाई भने आआफ्नै घरमै क्वारेन्टाइनमा व्यवस्थापन गरी निगरामीमा राखिएको उहाँले बताएका छन् ।
संभावितहरुको परीक्षणको अवस्था
भक्तपुर अस्पताललाई कोरना अस्पतालको हव अस्पतालको रुपमा घोषणा गर्दै संभावित तथा लक्षण देखिएका ब्यक्तिहरुको स्वाब संकलन केन्द्रको रुपमा विकास गर्यो । गत हप्ता देखि भने आडिटीबाट परीक्षण कार्य पनि सुरु गरेको छ । मध्यपुर थिमीले पीसिआर ल्यावको तयारी गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिकहरुको टोलीले भक्तपुर नगरपालिकामा सोमबार देखि र सूर्यविनायक नगरपालिकामा आईतवार संभावितहरुको परीक्षण गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयलाई उपलब्ध एक हजार आडिटीको परीक्षण किट मध्ये ६ सय वटा फिल्डमा परीक्षणको लागि परिचालन गरिएको कार्यालय प्रमुख मिजारको भनाई छ ।

भक्तपुर अस्पतालले स्वाब संकलन गरी टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा बैशाख ७ गतेसम्ममा २७५ जनाको पिसिआरबाट परीक्षण गरिसकेका छन् । त्यसमा १२४ महिला र १५१ पुरुष छन् । भक्तपुर अस्पतालबाट बैशाख ८ गतेसम्ममा २२६ जनाको आडिटी परीक्षण गरेको छ ।
मंगलबार भक्तपुर नगरकोवडा नं. ४ तालाक्व, वडा नं. ५ भगवतीस्थान र वडा नं. ९ इन्जिनियरिङ कलेज प्रांगणमा चैत्र १ गतेपछि भक्तपुर आएका व्यक्तिहरुको RDT(Rapid Diagnostic Test) परीक्षण हुने जानकारी जनस्वास्थ्य केन्द्रले दिएको छ ।













