हृदयराेग प्रतिष्ठान, भक्तपुरकाे १९ औ साधारण सभा सम्पन्न

हृदयराेग प्रतिष्ठान, भक्तपुरकाे १९ औ साधारण सभा सम्पन्न

भक्तपुर चैत्र१७ गते । नेपाल ह्रदयरोग निवारण प्रतिष्ठान भक्तपुर शाखाको १९औ वार्षिक साधरण सभा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा.सत्यनारायण सुवालको प्रमुख आथित्यमा आज एक समारोहका विच सम्पन्न भएको छ । प्रतिष्ठानका उपसभापति राजुराम मुनंकर्मीकाे सभाध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि डा. सुवालले विकासोन्मुख देश नेपाल ह्रदयरोगको जोखिम वाट गुज्रिरहेको र पछिल्ला दिनमा ह्रदय रोग झन् डरलाग्दो रुपमा अगाडि आएकाले यसलाई सम्बोधन गर्न अति आवश्यक भईसकेको आवश्यकता माथि जोड दिदै वाँहाले ह्रदयरोगको विषयमा आम नागरिक सामु सचेतना अभिवृद्धि गर्न कुनै कसर वाँकी नराखेको कुरा समेत वताउनु भयो । कार्यक्रममा बिशेष अतिथि वरिष्ठ बालमुटुराेग बिशेषज्ञ एवं प्रतिष्ठानका केन्द्रीय सदस्य डा. उर्मिला शाकले बालमुटुराेग बिषयमा प्रस्तुतिकरण मार्फत बाल मुटुरोगको अवस्था, निदान रोकथाम र सचेतना सम्वन्धि जानकारी गराउनु भएको थियो । त्यसैगरी मन्तव्यकै क्रममा अतिथिहरू प्रतिष्ठानका धादिङ्ग शाखाका सभापति राजकुमार श्रेष्ठ, भक्तपुर उद्याेग बाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष राेशनि धाैबन्जार, भक्तपुर विकास सहयाेग सङ्घका अध्यक्ष राजुमृगेन्द्र जाेशीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । साेही साधारण सभामा गायिका सानुमैया धौभडेलद्वारा ह्रदयगान प्रस्तुति र अर्का उपसभापति बिश्वमाेहन जाेशीले सबैलाई स्वागत मन्तव्यबाट स्वागत गर्नुभएकाे थियाे भने सबैकाे साथ,सहयाेगकाे लागि सहायक सचिब राेशनराज तुईंतुईंले कृतज्ञता ज्ञापन गरिएकाे थियाे । साेही सभाबाट तथा आजिवन सदस्य / प्रतिष्ठानका सहयोगी / संयम सेवक एंव अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई खादा-सम्मान/ प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । ३ वटा सत्रमा विभाजित साधारण सभकाे २ वटा सत्र बालमुटुराेगकाे प्रस्तुतिकरण र उद्घाटन सत्रकाे सञ्चालन प्रतिष्ठानका महिला सशक्तिकरण उपसमितिका सचिव अहिल्या मल्ल अमात्यले र सहजिकरण संयाेजक बिद्या राजभण्डारीले गर्नुभएकाे थियाे । साेही सभाबाट तथा आजिवन सदस्य / प्रतिष्ठानका सहयोगी / संयम सेवक एंव अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई खादा-सम्मान/ प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । साे समाराेहमा २ जना नयाँ यशस्कर सदस्यहरू क्रमश: सुरेन्द्रमान बिजुक्छें र मृगेन्द्र प्रधनाङ्ग, १ जना अति बिशिष्ट सदस्य रत्नमाया सुवाललाई प्रमाणपत्र तथा सम्मान गरिएकाे थियाे भने २ जना नयाँ बिशिष्ट सदस्यहरू चन्द्रशाेभा सालिके र लक्ष्मीशाेभा बाेहजु तथा २० जना नयाँ अाजिवन सदस्यहरूलाई सदस्यता वितरण र ४ जना स्वयमसेवकहरूलाई कदरपत्र वितरण गरिएकाे थियाे । सभाले सचिव कृुष्ण गाेसाईद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र काेषाध्यक्ष सुन्दर सुवालद्वारा प्रस्तुत अार्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएकाे थियाे ।