भक्तपुर, चैत्र २२ गते
रक्त सञ्चार सेवा केन्द्र भक्तपुरले शनिवार १ सय ११ यूनिट रगत संकलन गरेको छ । कोरना भइरसको जोखिम ब्याप्त रहेको बेला पनि काठमाण्डौका विभिन्न क्षेत्रमा पुगेर रगत संकलन तथा व्यवस्थापन गरेको हो । लक डाउनको बेला पनि अस्पतालमा उपचारत विरामीहरुको लागि आवश्यक रगत पूर्ति गर्न केन्द्रले काठमाण्डौ उपत्यका र आपपासका स्थानबाट समेत रगत संकलन कार्य थालि रहेको छ । लायण्ड क्लव दक्षिणकालीले आज छैमलीमा आयोजना गरेको रक्तदानबाट १५ यूनिट र फर्पिङ्गका समुदायबाट ५१ यूनिट रगत संकलन गरेको छ भने आजै भएको अर्को रक्तदान कार्यक्रममा बछाबाछी सम्रक्षण गोेठातारबाट ४५ यूनिट रगत संकलन गरेको रक्त सञ्चार सेवा केन्द्र भक्तपुरका नवराज खत्रीले बताएका छन् । केन्द्रले आइतबार विहान विहान ८ बजेकाठमाण्डौको घतेकुलो र काडमाण्डौकै गोल्कुपाखा पनि रक्तदान कार्यक्रम तय गरेको छ । यसै गरी आइतबार विहान ८ बजे भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित कटुंजेमा तरुनदलले पनि रक्तादान कार्यक्रम गर्दै छ भने रिजाल समाजले विहान १०ः३० बजे तिकाथली काठमाण्डौमा रक्तदान कार्यक्रम आयोजना गर्दै छ । कोरना भाइरसको यो संक्रमनकालिन अवस्थामा सामाजिक दुरी कायम गर्दै सुरक्षित व्यबहारका साथ पायक परेका ठाउँमा पुगेर रक्तदान कार्यमा सहभागि भईदिन रक्त सञ्चार केन्द्र भक्तपुरले आग्रह गरेको छ । तीन तीन महिनामा मानव शरीरबाट खेर जाने रगतलाई दान गरी मानविय सहयोगको लागि काठमाण्डौमा एक घर एक रक्तदान घरदैलो रगत संकलन संचालन गर्दै आएको छ भने भक्तपुर रेडक्रसले संचालन गर्दै आएको रक्तसञ्चार सेवा केन्द्र भक्तपुरले पनि विभिन्न संघ संस्थाहरुको सक्रियतामा टोल बस्तीमा पुगेर रगत संकलन तथा व्यवस्थापन गर्दै आएको छ । हाल दैनिक १ सय यूनिट देखि १२५ यूनिटसम्म रगत माग भईरहेको रक्त सञ्चार सेवा केन्द्र भक्तपुरका प्राविधिक दामोदर मुनकर्मीले बताएका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...











