ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिरको छाना छाउँन सयौंको श्रमदान

ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिरको छाना छाउँन सयौंको श्रमदान
भक्तपुर, श्रावण १३ गते
भक्तपुरको ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिरको छाना छाउने कार्यमा सयौले श्रमदान गरेका छन् । हिजो देखि सुरु भएके छाना छाउने कार्यमा विभिन्न गुठी दाफा भजनका सदस्य सहित सम्पदा प्रेमी दाजुभाई तथा दिदी बहिनीहरुको सक्रिय सहभागितामा छाना छाउने कार्य भएको हो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी श्रेष्ठले श्रमदान गर्दै हिजोबाट सुरु भएको छाना छाउने कार्यको आज अवलोकन र श्रमदान गर्दै नगर प्रमुख सुनिल प्रजापतिले श्रमदान गर्ने महानुभावहरुलाई हौसला प्रदान गरेका थिए ।

भक्तपुर नगरपालिकाको रु.३ करोड ७१लाख २७ हजार ५१५ लागत इष्टिमेटमा आज भन्दा ४ वर्ष गघि देखि सुरु भएको मन्दिर पुर्णनिर्माण कार्य पूर्णरुपमा कलात्मक शैलीमा भइरहेको भन्दै मन्दिर पुनर्निमार्ण उपभोक्ता समितिका अध्यक्ष कुमार चवालले मन्दिरको माथिल्लो तल्लाको छाना छाउन आज १ सय ६० भन्दा बढी जनाले श्रमदान गरेको बताए । हिजो पहिलो दिन १ सय ७० जनाले सहभागिता जनाएका थिए भने भोलि सोमबार पनि श्रमदान गर्नेहरुको सहयोगबाट मन्दिरको माथिल्लो तल्लाको छाना छाउने कार्य सम्पन्न गर्ने उहाँले जनाएको छ ।

दुई वटा छाना सहितको ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिरभित्र नरसिंहले लक्ष्मी बोकेको दुर्लभ मुर्ति रहेको भन्दै अध्यक्ष चवालले कलात्मक काठको काम धमाधम भइरहे पनि समय लाग्ने भएकाले मन्दिर निर्माण कार्य पुरा हुन अझै एक वर्ष लाग्न सक्ने अनुमान गरेको छ । अबको दशैसम्ममा तल्लो तल्लाको छाना छाउने कार्य सम्पन्न हुने अनुमान गर्दै उहाँले मन्दिर निर्माणमा भक्तजनहरुको आर्थिक भौतिक सहयोग पनि जुति रहेको उल्लेख गरेका छन् । अस्तिसम्म साह्रे नौ लाख रुपियाँ आर्थिक सहयोग प्राप्त भएको जानकारी दिदै उहाँले श्रमदान पनि सहयोग नै भएको बताए । एकै दिन धेरै संख्यामा श्रमदान हुँदा बढी र अनावश्यक श्रम लाग्यो कि ? भन्ने गुनासो आइरहेको चर्चा गर्दै उहाँले श्रमदान गर्न आउनेलाई रोक्न नसकिने र आएकाहरुले माटो र झिंगतिका ईट्टाहरु मात्रै ओसार्न सहयोग पुगि रहेको बताए ।


उपभोक्ता समितिले मन्दिरको छाना छाउन पर्याप्त श्रमदान गर्नेहरुको सहभागिता रहेकाले २ जना ज्यामी र ४ जना डकर्मीहरु मात्रै ज्यालामा काममा लगाउन परेको ज्यामी नाईके बलराम न्हिसुतुले जनाएको छ । मन्दिरको अधिकांस काम काठको भएको उल्लेख गदै डकर्मी नाईकेले भन्नेको बेला काठ उपलब्ध भइदिएको भए मन्दिर निर्माण कार्य २।३ वर्ष भित्रै सम्मन्न गर्न सकिने धारणा राखेका थिए । दैनिक १०।१५ जना सिकर्मीहरुले मिन्दरको कलात्मक टोरणहरु बनाउँदै गरेको र एउटा टोरण निर्माण गर्न महिना दिन लाग्ने भएकाले ढिलाई भएको उनले बताए । मन्दिरको तल्लो छानामुनि दश अवतार सहित विभिन्न कलात्मक १६ वटा टोरणहरुले मन्दिर सजिने उल्लेख गर्दै उहाँले मन्दिर निर्माण कार्यमा ढिलाई नभएको बताए ।


यता मन्दिरको छाना छाउन श्रमदान गर्ने सयौ महानुभावहरुलाई स्थानीय गंगा नांगा र जमुना नांगा दिदी बहिनीले सुकुल भोय् खुवाएका छन् । मन्दिरको छाना छाउन आउने सबैजनालाई आफूहरुको तर्फबाट नेवारी भोज खाजा स्वरुप व्यवस्था गरेको बताउँदै गंगा नांगाले आफू आत्मज्ञान प्रचार समेत भएको बताउँदै आफ्नो टोलको ऐतिहासिक मन्दिर संरक्षण गर्न आफ्ना तर्फबाट सक्ने सहयोग गर्नुपर्नेमा जोड दिएकी छिन् ।