भक्तपुर, चैत्र २२ गते
रक्त सञ्चार सेवा केन्द्र भक्तपुरले शनिवार १ सय ११ यूनिट रगत संकलन गरेको छ । कोरना भइरसको जोखिम ब्याप्त रहेको बेला पनि काठमाण्डौका विभिन्न क्षेत्रमा पुगेर रगत संकलन तथा व्यवस्थापन गरेको हो । लक डाउनको बेला पनि अस्पतालमा उपचारत विरामीहरुको लागि आवश्यक रगत पूर्ति गर्न केन्द्रले काठमाण्डौ उपत्यका र आपपासका स्थानबाट समेत रगत संकलन कार्य थालि रहेको छ । लायण्ड क्लव दक्षिणकालीले आज छैमलीमा आयोजना गरेको रक्तदानबाट १५ यूनिट र फर्पिङ्गका समुदायबाट ५१ यूनिट रगत संकलन गरेको छ भने आजै भएको अर्को रक्तदान कार्यक्रममा बछाबाछी सम्रक्षण गोेठातारबाट ४५ यूनिट रगत संकलन गरेको रक्त सञ्चार सेवा केन्द्र भक्तपुरका नवराज खत्रीले बताएका छन् । केन्द्रले आइतबार विहान विहान ८ बजेकाठमाण्डौको घतेकुलो र काडमाण्डौकै गोल्कुपाखा पनि रक्तदान कार्यक्रम तय गरेको छ । यसै गरी आइतबार विहान ८ बजे भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित कटुंजेमा तरुनदलले पनि रक्तादान कार्यक्रम गर्दै छ भने रिजाल समाजले विहान १०ः३० बजे तिकाथली काठमाण्डौमा रक्तदान कार्यक्रम आयोजना गर्दै छ । कोरना भाइरसको यो संक्रमनकालिन अवस्थामा सामाजिक दुरी कायम गर्दै सुरक्षित व्यबहारका साथ पायक परेका ठाउँमा पुगेर रक्तदान कार्यमा सहभागि भईदिन रक्त सञ्चार केन्द्र भक्तपुरले आग्रह गरेको छ । तीन तीन महिनामा मानव शरीरबाट खेर जाने रगतलाई दान गरी मानविय सहयोगको लागि काठमाण्डौमा एक घर एक रक्तदान घरदैलो रगत संकलन संचालन गर्दै आएको छ भने भक्तपुर रेडक्रसले संचालन गर्दै आएको रक्तसञ्चार सेवा केन्द्र भक्तपुरले पनि विभिन्न संघ संस्थाहरुको सक्रियतामा टोल बस्तीमा पुगेर रगत संकलन तथा व्यवस्थापन गर्दै आएको छ । हाल दैनिक १ सय यूनिट देखि १२५ यूनिटसम्म रगत माग भईरहेको रक्त सञ्चार सेवा केन्द्र भक्तपुरका प्राविधिक दामोदर मुनकर्मीले बताएका छन् ।
Featured Posts – Style 1
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
2026-04-15 Comments Off on आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरितभक्तपुर, २ बैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई...
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
2026-04-12 Comments Off on सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिकभक्तपुर, चैत्र २९ गतेभक्तपुर नगरपालिकाले सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो सृंखला आज सार्वजनिक गरेको...
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
2026-04-12 Comments Off on अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कारभक्तपुर, चैत्र २९ गतेअपांगता समबन्धी रिपोटिङ्ग गर्दाका अनुभव र चुनौतीहरुका सवालहरुमा आज...














