बागेश्वरीमा मखमल जुत्ता तथा ब्याग बनाउने तालिम सुरु

बागेश्वरीमा मखमल जुत्ता तथा ब्याग बनाउने तालिम सुरु
भक्तपुर, असार ७गते
चाँगुनारायण नगरपालिका वडा नं. ७ ले बागेश्वरीमा मखमल जुत्ता तथा ब्याग बनाउने तालिम सुरु गरेको छ । शुक्रबारबाट वडाकार्यालय भवनमै सुरु गरेको सो तालिममा ३० जना प्रशिक्षार्थीहरुकालागि प्रशिक्षणको व्यवस्था गरेको वडा कार्यालयले जनाएको छ । सो तालिमको शुक्रबार उद्घाटन गर्दै वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठले सो तालिमबाट वडाबसीलाई आयआर्जन गरी जीवस्तर उकास्ने र आत्म निर्भर बनाउने धारणा राखेका थिए ।
१५ दिने सो तालिममा विभिन्न प्रकारका मखमली जुत्ता, चपल र ब्याज बनाउने सिपहरु सिकाउने प्रशिक्षक वुजल सायंजूले जनाएको छ ।