भक्तपुर, ११ बैशाख ।
बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालाहरुको सहभागीतामा सल्लाघारी र व्यासीमा मासु पसलहरु अनुगमन भयो ।
कोरोना भइरस (कोभिड १९) महामारी विश्वमा फैलिरहेको बेला आमाको मुख हेर्ने र मातातिर्थ औंसि घरमै बसेर मनाउने निर्णय भएता पनि मानिसहरुलाई सजग गराएन भने बाहिर हुलमुल र भिडभाड हुने गरी मानिसहरु बाहिर आउन सक्ने भएकोले मासु पसलमा भिडभाड नहोउन भनि मानु पसल अनुगमन गरेको संयोजक राज कृष्ण गोराले बताउनु भयो ।
अनुगमन न्यू दि मनकामना मीट सप, बराही मासु पसल, शायना मिट सप, इन्द्रयणी मिट सप, सानो व्यासी मासु पसल, बालाखु गणेश कोल्ड स्टोर र एभरेष्ट चिकेन, च्वड्डागणेश मिट सपमा अनुगमन गरेको थियो ।
अनुगमन गर्दा मासु पसल दर्ता नविकरण नगरेकोले दर्ता नविकरण गर्न, मासुको मनपरी मूल्य नलिन र मूल्य सूचि सबैले देख्ने गरी कुखुरा र रा“गोको विभिन्न मासुको प्रकारको मुल्य सुचि राख्न र मनपरि मुल्य नलिन, माक्स, पञ्जा र सेतो एप्रोन प्रयोग गर्न, साइनवोर्ड राख्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र तराजु नापतौल विभागमा नविकरण गर्न र डिजिटल तराजु प्रयोग गर्न सुझाब दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेशन उपशाखाका न.नि.दिलिप कुमार सुवाल, व.नि. रामकृष्ण प्रजापति, भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रेम कृष्ण खर्बुजा, राष्ट्रिय उपभोक्ता मञ्चबाट लक्ष्मी भण्डारी, भक्तपुर उद्योग बाणिज्य संघका संजय जोन्छे, महानगरीय प्रहरी प्ररिसरका विष्णु थापा र शंकर बास्ताकोटी, पशु सेवा शाखा भक्तपुरको सहभागी रहेको थियो ।














