विद्यार्थी निकेतनको ७८ औं स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना
भक्तपुर, असार ७गते
मल्लकालमा साफु कुठी, राणाकालमा मेगजिन बगैचाको रुपमा रहेको साकोथा भक्तपुरमा सञ्चालित विद्यार्थी निकेतन माध्यमिक विद्यालयले आज ७८ स्थापना दिवस मनाएको छ । वि.सं. २००४ सालमा स्थापना भएको सो विद्यालयले हरेक वर्ष असार ७ गते स्थापना दिवस मनाउदै आएको उल्लेख गर्दै विद्यालयले आज चियापान कार्यक्रम गर्दै ७८ औं स्थापना दिवस मनाएको हो ।


ऐतिहासिक स्थलको ऐतिहासिकतालाई झल्काउँदै विद्यालयको शिक्षालाई सो अनुसार गुणस्तरीय बनाउन लागि पर्नुपर्नेमा जोड दिदै विद्यालयका प्रधानाध्यापक एबी खाताख्वले पानसमा दीप प्रज्वलन गर्दै ७८ औं स्थापना दिवसको शनिबार उद्घाटन गरेका थिए । सोही विद्यालयमा अध्ययन गरी सोही विद्यालयको प्रधानाध्यापक हुनु भएका खाताख्वले २०८२ सालको विनासकारी भूकम्पपछिको विद्यालय भवन र सम्रचनाहरुलाई कसरी व्यवस्थित गर्ने, पुनःनिर्माण गर्नेर? भन्ने सवालहरुमा स्थानीय तहहरुसँग छलफल हुँदै आएको चर्चा गर्दै साँस्कृतिक नगरको ऐतिहासिक विद्यालय क्षेत्रको सम्रक्षण र उत्खण्डनको विषयहरुमा प्रकाश पारेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधी नारायणप्रसाद त्वायनाबासुले पनि बोल्नु भएको थियो भने कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक तथा शुभचिन्तकहरुको सहभागिता थियो ।














