दोस्रो जेष्ठ नागरिक कसिमला पाँयका विजय खेलाडीहरु पुरस्कृत
भक्तपुर, पुस २७ गते
दोस्रो जेष्ठ नागरिक कसिमला पाँयका विजयी खेलाडीहरु पुरस्कृत भएका छन् । श्री वाकुपति चांगुनारायण मन्दिर परिसर सहयोग समितिले मन्दिर परिसरमा आज आयोजित प्रतियोगितामा ३२ जना जेष्ठ खेलाडी सहभागि थिए । प्रतियोगितामा गणेशलाल खत्री पहिलो, धनेश्वर प्रजापति दोस्रो, इन्द्रबहादुर देउपाला तृतीय र गणेशमान दुवाल सान्त्वना भएका थिए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज आयोजित प्रतियोगिताको उद्घाटनसंगै प्रतियोगिता पश्चात विजयी खेलाडीहरुलाई आजै पुरस्कार वितरण पनि गरिएको थियो ।















