भक्तपुर । पृथ्वी जयन्तीको अवसरमा शनिबार भक्तपुरमा भएको कार्यक्रमका वक्ताहरुले पृथ्वीनारायण शाहले देखाएको बाटोमा हिड्नुपर्ने आवश्यकता औल्याएका छन् । पूर्व सुरक्षाकर्मी परिषद् नेपाल जिल्ला कार्यसमिति भक्तपुरले ३०३ पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले घुस दिन्या र लिन्या दुवै अपराधी हुन् भन्ने बाटोमा जानुपर्नेमा जोड दिए । राष्टिय एकताका अभियन्ता नीलनारायण कोजूले पृथ्वीनारायण शाहले नेपाल राज्यलाई एकीकरण नगरेको भए नेपाल यतिखेर भारतको ५६६ औ प्रान्तको रुपमा रहने विश्लेषण गरे । उनले त्यतिबेला पनि अहिले जस्तो नेपाल कमजोर अवस्थामा रहेको र यही अवस्थामा भारतले नेपाललाई पनि एउटा प्रान्तको रुपमा अधिपत्य जमाउने उनले भनाई थियो । अर्का अभियन्ता रामकुमार कार्की, आयोजक अध्यक्ष डिल्लीराम ढुंगेल, आयोजक संस्थाका केन्द्रिय प्रवक्ता मणिराम लामिछाने, राजन कार्की, मुना प्रधानलगायतले पृथ्वीनारायण शाहले भनेझै अनेकतामा एकता भएर वस्नुपर्नेमा जोड दिए । उनीहरुले संघीयले नेपाललाई पृथ्वीनारायण शाहको पालामा जस्तौ २२।२४ राज्यमा विभिाजित गरेको र यसले राज्यलाई कमजोर पारेको विश्लेषण गरे । कार्यक्रममा उनीहरुले संघीयता खारेजीको पनि माग गरे । कार्यक्रम पृथ्वीनारायण शाहको फोटोमा माल्यापर्ण गरी सुरु भएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...












