हृदयराेग प्रतिष्ठान काठमाण्डाैकाे २२ औं साधारण सभा सम्पन्न ।
राजुराम मुनंकर्मी
काठमाण्डाै,
नेपाल हृदयराेग निवारण प्रतिष्ठान, काठमाण्डाै शाखाकाे २२ अाैं साधारण सभा काठमाण्डाै स्थित एफ.टेन पार्टी भेन्यु, कालिमाटीमा शाखाका सभापति महेन माेहन श्रेष्ठकाे सभाध्यक्षतामा सम्पन्न भयाे । उक्त साधारण सभामा प्रमुख अतिथिकाे अासनबाट बाेल्नु हुँदै प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्यनारायण सुवालले प्रतिष्ठानले निर्धारण गरेकाे ५ वटा राष्ट्रिय कार्यक्रमकाे सेराेफेराेमा रहेर हरेक शाखाहरूले बाल हृदय बचाउ, हृदयघात नियन्त्रण, उच्च रक्तचाप जस्ताे सुसुप्त हत्यारा (Silent Killer) बाट बच्न सबै तह, वर्ग अनि समुदायले बेलैमा सचेतना कार्यक्रमलाई व्यापक बनाई अघि बढ्ने हाे भने हृदयराेगबाट बच्नेमा बिश्वस्त रहन सकिने बताउनुभयाे । त्यसैगरी बिशिष्ट अतिथि प्रतिष्ठानका केन्द्रीय महासचिव काेमलप्रकाश घिमिरेले प्रतिष्ठित व्यक्ति र संस्था सदस्य हुनु, काठमाण्डाैकाे मुटुमा रहेकाे काठमाण्डाै शाखाले मुटुराेग नियन्त्रणकाे लागि सचेतनामूलक कार्यक्रम, शिविर सञ्चालन र हार्ट क्लिनिक निरन्तर रूपमा सञ्चालन गरी सर्वसाधारण देखि सबै वर्गलाई स्वास्थ्य सेवा उपलव्ध गराउनुकाे कारण उत्कृष्ठ शाखा रहेकाे बताउनुभयाे ।


उक्त साधारण सभामा अतिथिहरू कामपा २२ वडाका अध्यक्ष चिनीकाजी महर्जन, कामपा ११ वडाका अध्यक्ष हिरालाल तण्डुकार, प्रतिष्ठानका पूर्व अध्यक्षहरू दिपेन्द्रपुरूष ढकाल, डा.प्रकाशराज रेग्मी, डिल्लीप्रकाश घिमिरे, बलराम न्याैपाने, केन्द्रीय उपाध्यक्षद्वय डा.प्रेमराज बैद्य र डा. पुष्पराज राजकर्णिकार, ललितपुर शाखाका उपसभापति अशाेक श्रेष्ठ र भक्तपुर शाखाका का.वा.सभापति राजुराम मुनंकर्मीलगायतले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।
उक्त सभामा उपस्थित सबैलाई शाखाका उपसभापति नरेन्द्र कुमार श्रेष्ठले स्वागत गर्नुभएकाे थियाे ।
शाखाका सहसचिव परीक्षा काेइरालाले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रममा सचिव रमेशध्वज बस्नेत र काेषाध्यक्ष चित्रमणि पराजुलीले प्रस्तुत गर्नुभएकाे वार्षिक प्रतिवेदन र अार्थिक प्रतिवेदन छलफल पश्चात पारित गरिएकाे थियाे भने शाखाकाे मुखपत्र “मुटुकाे ढुकढुकी-३० अङ्क बिमाेचन, मुटुराेग उपचार अक्षयकाेषका दाताहरूलाई सम्मान, कदरपत्र वितरण, नयाँ सदस्यहरू यशस्कर -१ जना, बिशिष्ट-४ जना र अाजीवन-१० जनालाई सदस्यता प्रमाणपत्र बितरण र अतिथिहरूलाई मायाकाे चिनाे समेत प्रदान गरिएकाे थियाे ।
(कार्यक्रम सम्पन्न मिति: २०८१ पुष २७ गते शनिबार )












