पश्चिमी बायुको डबडब्बाले मनुसन अझै पूर्वमै सिमित
काठमाण्डौ, असार २ गते
केही हप्ता पछि मात्रै मानसुन देशभर सक्रिय हुने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जनाएको छ । ४० डिग्री सेलसियस तापक्रम नाध्ने भएपछि विशेष बुलेटिन समेत प्रकाशन गर्ने गरेको उल्लेख गर्दै उहाँले यस वर्षको ११ औं विशेष बुलेटिन आज प्रकाशनमा ल्याएको बताउनु भयो । मनसुन सक्रिय भएको पूर्वी भागहरुमा तापक्रम समेत घत्न थालेकोले जनजनजीवन सहज भएको उल्लेख गर्दै उहाँले मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान अनुसार मनसुन प्रवेश गरेको २।३ दिन भित्र काठमाण्डौ आई पुग्नुपर्ने थियो । तर त्यस्तो भएन । स्थानीय र पश्चिमी बायुको डबडब्बा वा सक्रियताले पूर्वानुमान अनुसार मनसुन सक्रिय हुन नसकेको उहाँले औल्याएका छन्। अहिले छिटफुट रुपमा परेको वर्षा स्थानीय बायुको प्रभावले परेको बताएका हुन् ।
२४ सैं घण्टा मनसुनको निगरानी र सूचना प्रवाह गर्दै आएको मनसुन पूर्वानुमान महाशाखाले गते जेष्ठ २८ गते देखि यस वर्ष नेपालमा मनसुन प्रवेश गरेको जनाएको थियो । पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर पुग्न अझै केही हप्ता लाग्ने समेत वरिष्ठ मौसमविद मानन्धरले जनाएको छ ।











