तालाक्वका महिलाहरुले गरे वडादशैको शुभकामना आदानप्रदान

तालाक्वका महिलाहरुले गरे वडादशैको शुभकामना आदानप्रदान
भक्तपुर, असोज ११ गते
नेपाल क्रान्तिकारी महिला संघ तालाक्व, लाकुलाटछें एकाई समितिले वडा दशैंको उपलक्ष्यमा सोमबार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य रविन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम नेपाल क्रान्तिकारी महिला संघ लाकुलाछें एकाई समितिका अध्यक्ष विमला यालानासको सभापततत्वमा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रविन्द्र ज्याख्वले दशै लगायत कुनै पनि चांदपर्वलाई खाने, पिउने, रमाइलो गर्ने भन्दा पनि पारिवारीक भेटघाटमा देशको समसामयिक विषयमा छलफल गर्नु पर्ने कुरामा जोड दिनु भयो । उहाँले आफ्ना छोराछेरीहरुलाई पढाइका साथसाथै सामाजिक कार्यमा सरिक गराई देश र जनातामा समर्पित राजनीतिक क्रियाकलापमा संलग्न गराउनु पर्नेमा जोड दिनु भयो । आफ्ना सन्तानहरुलाई समयमै वर्गिय राजनीतिक ज्ञान नदिएको खण्डमा प्रतिक्रियाबादीहरुले विभिन्न प्रलोभनमा पारी हाम्र्रै विरुद्धमा उर्तान सक्ने भएकोले बेलैमा सचेत हुनु नितान्त आवश्यक रहेको कुरा व्यक्त गर्नु भयो । महिलाहरु चुलो चौकामा मात्र सिमित नभई फुर्सदको बेलामा पार्टीको विभिन्न प्रकाशनहरु अध्ययन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।


कार्यक्रममा नेपाल मजदुर किसान पार्टि ४ वाडा एकाई समितिका सदस्य पुरुषोतम तमखुले देशका शाषकहरुले किसान तथा कामदार वर्गलाई जहिले पनि शोषन गर्नको लागि विभिन्न जालझेलहरु गरिरहने भएकोले हामी सधै सचेत र संगठित हुनु पर्ने साथै हामीले विभिन्न देश विदेशका महिला नेतृत्वहरुको जीवनी अध्ययन गर्नु पर्ने कुरा व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी तालाक्व एकाई समितिका अध्यक्ष कृष्ण सुन्दर प्रजापतिले पनि शुभकामना मन्तव्य दिनु भएको थियो साथै नेक्रामसंघ तालाक्व लाकुलार्छे एकाई समितिको कृसा भेले, गिता कोण्डा र रमिला सुवालले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।