भक्तपुर, फागुन २७ गते
दादुरा रुबेला खोप अभियान अन्तरगत भक्तपुरमा चैत्र ३ गते देखि ११ गतेसम्म सञ्चालन गर्ने भएको छ । ९ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरुका लागि दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

भक्तपुरका पत्रकारहरुसँग दादुरा रुवेला खोप अभियान बारे आज अभिमुखिकरण गर्दै जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले भक्तपुरका ३१ हजार ८ सय ७० जना बालबालिकाहरुका लागि खोप दिने लक्ष्य लिएको बताएको छ । पूर्ण खोप युक्त जिल्ला बनाउनका लागि ९५ प्रतिशत भन्दा बढी अथवा सम्पूर्ण बालबालिकाहरुमा खोप सुनिश्चित गर्ने लक्ष्य लिएर सो खोप अभियान गर्ने बताएका हुन । भक्तपुर जिल्लाका बालबालिकालाई खोप लगाउन टोलटोलमा खोप कार्यकर्ता एवं स्वयंसेवकहरु परिचालन गर्ने भएको तर बाहिर जिल्लाबाट आएका बालबालिकाहरुलाई पनि खोप लगाउनुपर्ने जिम्मेबारी रहेकोले थप जनशक्ति र लागत बढ्न सक्ने उल्लेख गरेका छन् । जिल्लाभरी १९८ खोप केन्द्रबाट कम्तिमा ३१हजार ८ सय ७० जनालाई खोप दिन ३९६ जना स्वयंसेवक र ७१ जना खोप कार्यकर्ताहरु परिचालन गरिने कार्यालय प्रमुख मिजारले जनाएको छ ।














