२४ घन्टामा देशभर ८ सय ५ जनानयाँ सङ्क्रमितथपिए, ९ सय ११ जना स्वस्थ ।

२४ घन्टामा देशभर ८ सय ५ जनानयाँ सङ्क्रमितथपिए, ९ सय ११ जना स्वस्थ ।
गत २४ घन्टामा देशभर थप ८ सय ५ जनामाकोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यतथा जनसङ्ख्यामन्त्रालयकाअनुसार गत २४ घन्टामा देशभर १० हजार ६ सय७२ कोरोना परीक्षण गर्दा ८ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये ९ सय ११ जना स्वस्थभएका छन् । योसँगै नेपालमाहालसम्मकोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या७लाख७३ हजार १ सय ४० पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये ८ जनाको भने बितेको २४ घण्टामा मृत्यु भएको छ । योसँगै नेपालमाहालसम्मकोरोनाकाकारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सयपुगेको छ । गत २४ घन्टामा ५७हजार १ सय ५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने देशभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ९ सय ४२ रहेको छ ।