पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ५ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, थप ११ संक्रमितको मृत्यु , १ हजार ६ सय ८९ संक्रमणमुक्त ।

पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ५ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, थप ११ संक्रमितको मृत्यु , १ हजार ६ सय ८९ संक्रमणमुक्त ।
नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या११ हजार २ पुगेको हो । गत २४ घन्टामा देशभर थप १ हजार ५ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा १५ हजार १ सय ७९ कोरोना परीक्षण गरिएको छ । जसमा ११ हजार २ सय ८ आरटी पीसीआर परीक्षण गर्दा १ हजार १ सय ६५ र ३ हजार ९ सय ७१ एन्टीजेन परीक्षण गर्दा ३ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म आरटी पीसीआर विधिबाट ७ लाख ८१ हजार ९ सय ८९ जनामा कोरोना देखिएको छ भने एन्टीजेन विधिबाट ८८ हजार १ सय ८७ जनामा कोरोना पुष्टि भएको छ । गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये १ हजार ६ सय ८९ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ४५ हजार २ सय १५ पुगेको छ ।