प्रहरीले होलीमा जबरजस्ती रंग दलेर झगडा गरेको अभियोगमा ६५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न क्षेत्रबाट सात जना युवतीसहित अन्यलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा बलजफ्ती लोला हान्ने पनि रहेका काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार समूहमा झगडा गर्दागर्दै पनि केही पक्राउ परेका छन् । पक्राउ गरेको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा उनीहरुलाई राखिएको छ । साँझसम्ममा कसुरको गम्भीरता हेरेर उनीहरुलाई छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्ने बोगटीले बताउनुभयो । यसैविच विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यसवर्षको होली पर्व पनि प्रभावित भएको छ । कोरोनाको त्रासका कारण विगतमा जत्ति होलीको उल्लास छैन । ‘कोरोनाका कारण आज चहलपहल कम देखिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भिड जम्मा भएर होली खेल्न निषेध गर्ने निर्णय गरेको थियो । साथै, प्रशासनले सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि पनि अनिश्चिकालसम्मका लागि स्वीकृति नदिने निर्णय गरेको थियो । यही निर्णयका कारण पनि काठमाडौंमा सर्वसाधारणको चाप न्यून देखिएको प्रहरीले जनाएको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













