विश्व दीर्घ दम खोकी दिवसको अवसरमा अनलाइनमार्फत प्रवचन सम्पन्न
२०७७ मंसिर ३ गते, बुधबार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरको आयोजनामा विश्व दीर्घ दम खोकी दिवसको अवसरमा बुधबार अनलाइनमार्फत प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी दम रोगीहरुको उपचारको लागि भक्तपुरको च्याम्हासिंहमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालनको तयारी गरिरहेको बताउनुभयो । कोभिड महामारीबीच पनि भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रले दैनिक ५०० जनाको हाराहारीमा बिरामीहरुको उपचार गरिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले कोभिड न्युनीकरणको लागि सबैको सामूहिक भावना आवश्यक भएको बताउनुभयो ।
धुम्रपान, वायु प्रदूषण, धुँवा र रसायन प्रदूषण गर्ने उद्योग, परम्परागत पेशा आदिका कारण दम रोगीहरुको संख्या दिनानुदिन बढिरहेको बताउनुहुँदै उहाँले भक्तपुर औद्योगिक क्षेत्रका धुँवा, धुलो तथा रसायन प्रदूषण गर्ने उद्योगहरु काठमाडौं उपत्यका बाहिर स्थानान्तरण गर्न आवश्यक पहल भइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले शिक्षक—कर्मचारीहरुले असल व्यवहार र नागरिक भावना विद्यार्थीहरुलाई सिकाउनुपर्ने बताउनुहुँदै शिक्षकहरु सचेत, संगठित र अध्ययनशील हुनुपर्ने बताउनुभयो ।
विशेष अतिथि वरिष्ठ दम रोग विशेषज्ञ डा. सन्तकुमार दासले दीर्घ दम रोगसम्बन्धी प्रस्तुतीकरण देखाउनुहुँदै विश्वभरिमा ६ देखि ७ प्रतिशत मानिसहरुमा दम खोकीको समस्या देखिएको तथ्यांक रहेकोमा भक्तपुर नगरपालिकाभित्र १९ प्रतिशत मानिसहरुमा यो रोगको समस्या देखिएको बताउनुभयो ।
दम रोगको पहिचान समयमै हुन सके यसको नियन्त्रण र उपचार सम्भव भएको बताउनुहुँदै डा. दासले दीर्घ दम रोगीको जीवनयापनमा नकारात्मक असर पुग्नुका साथै आर्थिक नोक्सानी पनि हुने बताउनभयो । भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याउने श्वासप्रश्वास पुनःस्थापना केन्द्रबाट दम खोकीका रोगीहरु लाभान्वित हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्र प्रमुख रत्नसुन्दर लासिवाले दीर्घ दम रोगले सामाजिक र आर्थिक पक्षमा दीर्घकालीन असर पुग्ने हुँदा समयमै यस रोगको पहिचान गरी उपचार गर्नुपर्नेमा जोड दिनुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













