२०९१ सालसम्मकालागि खम्ये सुनिश्चित
भक्तपुर, भक्तपुरको ऐतिहासिक नवदुर्गा गणले आज खम्ये भित्र्याएको छ । विजया दशमी मनाउन म्हेसासुर रुपी खम्येलाई बढ् गर्न आज विधिपूर्व खम्ये भित्र्याएको हो । अवको करिब दुई महिना नवदुर्गा गण मन्दिर परिसरमै पालेर नवमिको दिन खम्ये जात्रा गरेर दशमीका दिन विजया दशमी मनाउने ऐतिहासिक परम्परालाई निरन्तरता दिन नवदुर्गा गणले आज खम्य भित्र्याएको हो । यस वर्षको खम्ये बिगतको तुलनामा हृस्तपुस्त, फुर्तिलोसँगै आर्थिक रुपले पनि महँगो भएको भन्दै जात्रा व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालाले विभिन्न क्षेत्रमा खम्ये खोजी गर्नेक्रममा नालाबाट यस वर्षकालागि खम्ये भित्र्याएको बताएका छन् । एक लाख साठी हजारसम्म मूल्य पर्ने खम्येलाई जात्रा व्यवस्थापन गर्न नालावासीहरुको आग्रहमा एक लाख बीस हजारमा किने पनि नाला देखि देवगणसम्म व्यवस्थापन गर्न थप खर्च लागेको र यसको दाता सुनिश्चित भएकोले नवदुर्गा गणलाई कुनै भार नपरेको उहाँले बताए ।
पहिला पहिला खम्ये देवगण आफैले किनेर ल्याउनुपर्ने हुदाँ जात्रा सम्पन्न भएपछि जात्राबाट उठेको भेटीबाट ऋण तिर्नुपर्ने अवस्था थियो उहाँले बताए । नवदुर्गा गणको नाईकेको छोरा भएकाले नवदुर्गा गणको दुःख सुखको अनुभूति आफुसँग पनि भएको भन्दै भक्तजनहरुको सहयोगले खम्ये व्यवस्थापन गर्न सहज भएको बताए । उहाँले भन्ने अब त २०९१ सालसम्मकालागि खम्ये सुनिश्चत भयो । दाताहरुले आवश्यक पैसा बैकमा जम्मा गरिसकेका छन् । रु. एक लाखमा खम्ये बुकिङको व्यवस्था भएकाले इच्छुक दाताहरुले वि.सं २९२ देखि माथि कालागि खम्ये दान गर्न सकिने बताए । वर्षको दुईवटा राँगो चािहने भएपनि खम्ये विशेष भएकाले खम्येको दाता आवश्यक हुने उहाँले बताए ।
यसवर्षको खम्ये एक लाख बिस हजार परेपनि दाताले आज भन्दा १० वर्ष अगाडी नै पैसा जम्मा गरिसकेकाले त्यसको व्याजले थप पैसा परिपूर्ति भएको बताए । यस वर्ष खम्ये दान गर्ने दाता भने आठ वर्ष अगाडी नै बितिसकेको स्मरण गर्दै दाताका छोरा विश्वराम सुवालले आफ्नो बुवाको इच्छा पुरा गर्न रु. एक लाखमा खम्ये दानको बुकिङ गरेको १० वर्षपछि पालो आए पनि मृतक वुवाको इच्छा पुरा गर्न पाएकोमा खुसि व्यक्त गरेका छन् । खम्ये दान गर्ने ईच्छा व्यक्त गरेको दुई वर्षपछि दाता मुक्तिबहादुर सुवालको निधन भएपछि उनका छोरा विश्वराम सुवालले आज भन्दा ५ वर्ष अघि रु. १ लाख रकम नवदुर्गा गणमा जम्मा गरेर २०८१ सालको खम्येदान गरेका थिए ।
४ वर्षका खम्ये राँगो मुरा जातको भएको भन्दै पालुवा देवीप्रसादले बीउकालागि उपयुक्त राँगो भएपनि भगवनाकालागि भनेर सस्तोमा चित बुझाएर बेचेको बताएका थिए । मार्ने भनिएपछि नदिने सोच बनाएपनि नवदुर्गा गणकालागि भनेपछि बजार मूल्य भन्दा सस्तोमा राँगो बेचेको उनले भताए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













