भक्तपुरका महिला सरकारी नेतृत्वसँग पत्रकार अन्तरक्रिया
भक्तपुर, श्रावण २०
भक्तपुर जिल्लामा रहेका २ दर्जन भन्दा बढी सरकारी कार्यालय मध्ये ११ जना कार्यालयको प्रमुखमा हाल महिला रहेका छन् । महिला भएकै कारण अनेक समस्या, पीडा तथा उत्पीडनमा पर्दै सरकारी सेवामा सफल नेतृत्व गर्न सफल महिला कार्यालय प्रमुखहरुले आज भक्तपुरमा पत्रकार अन्तरक्रिया गरी आफ्नो कार्य सम्पादन शैलीहरु प्रस्तुत गरेका थिए । महिला दोस्रो दर्जाको नागरिकको रुपमा सामाजिक मान्यता रहेको बेला देखि विभिन्न सरकारी कार्यालयहरुमा सेवा गर्दै हाल भक्तपुरका विभिन्न सरकारी कार्यालयहरुको नेतृत्व गर्दै आएका सकारी महिला नेतृत्वहरुले पत्रकार अन्तरक्रिया गरेका हुन । महिलाले सक्दैनन् भन्ने मान्यतालाई चिर्दै नेतृत्वसम्म आउ“दाका अनुभवहरु सात्दै पत्रकारहरुस“ग आआफ्नो कार्य सम्पादनहरु बारे अन्तरक्रिया गरेका थिए ।


अन्तरक्रियामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, भक्तपुर अस्पतालका मेडिकल डाइरेक्टर सुमित्रा गौतम, महानगरीय प्रहरी परिसर भक्तपुर, जग्गाती वित्तका डिएसी दिप्सी कार्की, जनस्वास्थ्य कार्यालयका प्रमुख अस्मिता ओझा, तथ्यांक अधिकृत अस्मिता पवन, शिक्षा विकास तथा समन्वय एकाई प्रमुख कमला ज्ञवाली यसै गरी स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय स्मार अधिकृत अरुणा नकर्मी, जिल्ला हुलाक कार्यालयका प्रमुख सीता साम्बा, भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय कार्यकारी अधिकृत मेरिना चित्रकार, राष्ट्रिय कला संग्रालयका प्रमुख जयन्ती श्रेष्ठ प्रधान, साथै गुठी संस्थान कार्यालय भक्तपुरका कार्यालय प्रमुख खीमा वली, व्यवसायिक किट विकास फार्म चित्तपोल भक्तपुरकी वरिष्ठ बाल संरक्षण अधिकृत सुलोचना श्रेष्ठ सहभागि थिए ।
अन्तरक्रिया कार्यक्रमको औचित्यमा माथि प्रकाश पार्दै भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकृत रोशनीकुमारी श्रेष्ठले समाजका एक रथका दुई पांग्रा महिला पुरुष भएको चर्चा गर्दै देशको कूल जनसख्यामा ५१ प्रतिशत महिला रहेको भन्दै मुलुककै सानो जिल्ला भक्तपुरमा ११ सरकारी कार्यालयमा महिला नेतृत्व रहेको बताउनु भयो । उहा“ले महिला नेतृत्वको सकारात्मक काम र रचनात्मक कार्यहरु, समस्याहरु समाधन गर्ने तौर तरिकाहरु, सार्वजनिक सेवाका सकारात्मक प्रभाव र रचनात्मक ओलोचनाहरु प्राप्त गर्ने उदेश्यले पत्रकार अन्तिरक्रिया कार्यक्रम आयोजना भएको बताउनु भयो ।
सो अवसरमा भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले नेपालमा २०१५ साल देखिको राजनैतिक परिवर्तनस“गै महिला सहभागिता र नेतृत्व विकास भएको चर्चा गर्दै सरकारी सेवामा महिलाको सहभागिता ३३ प्रतिशत मध्ये ३१ प्रतिशत पुग्नुपनि सकारात्मक पक्ष भएको बताएका थिए भने भक्तपुर अस्पतालका निर्देशक सुमित्रा गौतमले आफ्नो सरकारी सेवामा जस्तो सुकै समस्या र चुनौती तथा धम्किहरु आएपनि आफ्नो जिम्मेबारीबाट पछि नहटि कार्यसम्पादन गर्दै आउ“दा पनि आफ्नो कार्य मूल्यांकन नभएको टिप्पणी गर्दै, आएका समस्या र चुनौतीहरुको सामना गर्दै हाल भक्तपुर अस्पताललाई प्रदेशकै उत्कृष्ठ अस्पताल बनाउन सफल भएको उल्लेख गरेका थिए ।














