बालकुमारी साकोसले सप्ताहव्यापी रुपमा रजत वर्ष मनाउने घोषणा
मध्यपुर थिमी, श्रावण २२ गते
बालकुमारी साकोसले सप्ताह व्यापी रुपमा रजत वर्ष मनाउने भएको छ । “आर्थीक, सामाजकि तथा सांस्कृतकि उन्नती लागी सहकारीको भावनालाई जगाऔं ।” नाराका साथ स्थापना भएको बालकुमारी वचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमि भक्तपुरले स्थापनाको २५ वर्ष अर्थात रजत वर्षको अवसरमा वित्तिय साक्षरता र सदस्य बृद्धि कार्यक्रम, भक्तपुर जिल्ला व्यापी चित्रकला प्रतियोगिता, खुल्ला रक्तदान कार्यक्रम, बृद्धाश्रम तथा मानव विद्या गृहमा खाना, खाजा खुवाउने वा भौतिक सामग्री वितरण, सरसफाई कार्यक्रम, रजत वर्ष २०८१ प्रभातफेरी कार्यक्रम र २५ औ स्थापना दिवस तथा रजत महोत्सव २०८१ समारोह मनाउने भएको हुन । भाद्र २७ गते देखि असोज २ गतेसम्म विभिन्न कार्यक्रमका साथ मनाउने रजत वर्ष सप्ताहव्यापी कार्यक्रममा बालकुमारी रजत महोत्सव प्रकाशन, सम्ममान र पुरस्कार वितरण कार्यक्रम समेत राखिएको कुरा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । संस्थाका अध्यक्ष तुईलला श्रेष्ठले बालकुमारी साकोस सदस्य मैत्री सहकारी संस्था भएको भन्दै २०५७ असोज २ गते ७ लाख रुपियाँ पूँजीबाट सुरु भएको बताए र हाल १३ करोड ७० लाख भन्दा बढी बचत र रु.१,७८,५८,८४,६३० ऋण प्रवाह गर्न सफल भएको बताउनु भयो ।सो अवसरमा २५ औं स्थापना दिवस तथा रजत महोत्सव २०८१को लोगो लोकार्पण पनि गरेको थियो ।


राष्ट्रिय सहकारी बैंक लि.ल. २०७३ सालमा बैंकको १३ औ साधारण सभामा उपत्यकाको सहकारीहरु मध्ये उत्कृष्ठ क्षेत्रीय पुरस्कार र राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघबाट समेतं उत्कृष्ट सहभागिता पुरस्कारबाट सम्मानित भइ सकेको चर्चा गर्दै संस्थाका सचिव पृथ्वी राम श्रेष्ठद्वारा प्रस्तुत प्रेस विज्ञप्ति















