‘मल्लकालीन संस्कृति र चाड पर्व’ नामक पुस्तक सार्वजनिक

‘मल्लकालीन संस्कृति र चाड पर्व’ नामक पुस्तक सार्वजनिक

संस्कृति र चाद्पर्वलाई बैज्ञानिक र भौतिकबादी दृष्टिकोणले हेर्नुपर्नेमा जोड
भक्तपुर, श्रावण ७ गते
ज्योतिष शास्त्रकालाई बैज्ञानिक र भौतिकवादी दृष्टिकोणले हेर्नुपर्नेमा जोड दिदै नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले मल्लकालीन संस्कृति र चाड पर्व नामक पुस्तकको आज विमोचन गर्नु भएको छ । लेखक एवं ज्योतिष शास्त्रमा विद्यावारिधि डाक्टर विरेन्द्रप्रसाद कायष्ठले लेख्नु भएको मल्लकालिन संस्कृति र चाडपर्व नामक पुस्तकको सांसद सुवालले आज ख्वप इन्जिनियरिग कलेजमा आयोजित एक कार्यक्रम बीच सो पुस्तकको विमोचन गर्नु हुँदै ज्योतिश शास्त्रका विषयवस्तुहरुलाई बैज्ञानिक र भौतिकवादी दृष्टिकोणले विश्लेषण गर्न सके मात्रै यसको उपयोगिता र प्रभावकारिता हुनेमा जोड दिनु भएको थियो । हामीले मनाउने संस्कृति र चाद्पर्वका बैज्ञानिक ज्ञानलाई उजागर गरि यसको महत्व बढाउनुपर्ने तर जनतामा अन्धविश्वास फैलाउन नहुने विचार व्यक्त गर्नु भयो । समाजबाद ल्याउन सके स्वर्ग यहि हुने भन्दै सांसद सुवालले सत्तासिन दलहरुले देशको भूमि मिचाएर, जलविद्युत विदेशीलाई सुम्पेर राष्ट्रघाति काम गर्दै आएकाले राष्ट्रयता बचाउन पनि जनताको सांस्कृतिस्तर उकास्नुपर्नेमा जोड दिनु भयो ।
सो अवसरमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिक्षाको माध्यमबाट नयाँ पुस्तालाई सचेत र शिक्षित पार्न कायष्ठको पुस्तक उपयोगि भएको भन्दै यसका विषयवस्तुलाई थप परिस्कृत गर्न आवश्यक भएको टिप्पणी गर्नु थियो । वरिष्ठ संस्कृतिविद् एवं प्रोफेसर डाक्टर पुरुषोतमलोचन श्रेष्ठले पुस्तकमाथि समिक्षा गर्दै भक्तपुरका ऐतिकासिक र सांस्कृति महत्वलाई तथ्य परक रुपले विश्लेषण गर्न यसका नाम र संस्कृतिबाटै प्रष्त गर्न सकिने विश्लेषण गर्दै संस्कृतिको नाममा विकृति फैलाउन नहुने भन्दै विस्का जात्रा, स्वान्ति नखाः मनाउने चाद पर्व बैज्ञानिक र देश जोगाउने सांस्कृतिक उत्सव भएको बताउनु भयो । जनप्रतिनिधी एवं स्थानिय पाठ्यक्रम विकास समितिका सदस्य योगेन्द्रमान विजुक्छेले भक्तपुर नगरपालिकाको स्थानिय पाठ् सामग्रीका लागि समेत सो पुस्तक उपयोगि भए बतानउनु भयो ।
लेखक कायष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा विभिन्न क्षेत्रका विषयविज्ञहरुले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै नेवार समुदायको संस्कृति र चादपर्वको आफ्नो छुट्टै महत्वलाई यस पुस्तकको माध्यमबाट थप उजागर गरेको चर्चा गरेका थिए ।
प्रकाशित पुस्तक ८६ वटा उपशीर्षकहरुमा विभातित छन् । पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाँडपर्वका विविध विषयहरु उल्लेख छन् ।
नेवार संस्कृतिमा मनाउने विभिन्न चाँंडपर्वहरु जस्तै दशैं, तिहारलगायतका विविध संस्कृति र चाँंडपर्वहरुबारे विस्तृत रुपमा पुस्तकमा उल्लेख छन् । पुस्तक दुई सय २४ पृष्ठको रहेको छ । पुस्तकको मूल्य ६ सय ५० तोकिएको छ । लेखकको यो नवौ पुस्तकको रुपमा रहेको छ । यो भन्दा अगाडी गत वर्ष ज्योतिष विज्ञान पुस्तक सार्वजनिक गरेको थियो ।