नासमना, गहिति र टौमढीमा मासु पसल अनुगमन
भक्तपुर, १३ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा मासु पसल अनुगमन गरियो । अनुगमनमा नासमना, गहिति र टौमढीमा रहेको अधिकांश पसल दर्ता नभएको संयोजक गोराले बताउनुभयो ।
अनुगमनमा चिरिकाजी शाहीको पसल दर्ता नभएकोले त्यहि दर्ता गराएर सरसफाईमा ध्यान दिन, मुल्य सुचि राख्न, पानीको निकास र मासु पसलको भुईं भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्नु पर्ने, एप्रोन सेटो प्रयोग गर्न, मासु काट्ने भा“डावर्तन सफा राख्ने, ढक तराजू नविकरण गर्ने, पसल व्यवस्थित गर्न निर्देशन दियो ।
त्यस्तै एसएन फ्रेस हाउस सरसफाईमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, मुल्य सुचि राख्न, तराजू नविकरण गर्ने, पानीको निकास र मासु पसलको भुईं भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्नु पर्ने, मासु खुल्ला नराखी बाकस बनाई झिंगा र धुलोले नभन्किने गरी राख्न र फ्रिजमा का“चो र पाकेजिड्ड सामान मिसाएर राखेकोले छुट्टाछुट्टै राखी व्यवस्थित गर्न निर्देशन दियो ।

त्यस्तै न्यू युनिक कोल्ड स्टोर नविकरण गर्न, मुल्य सुचि राख्न, सरसफाईमा ध्यान दिन, तराजू नविकरण गर्न, फ्रिजमा विग्रेको मासु र ताजा मासु छुट्टाछुट्टै राखी का“चो र पाकेजिड्ड सामान मिसाएर राखेकोले छुट्टाछुट्टै राखी व्यवस्थित गर्न निर्देशन दियो ।
त्यस्तै न्यू काभ्रेलि कोल्ड स्टोरमा दर्ता प्रमाणपत्र नभएकोले दर्ता भएको भए दर्ता प्रमाणपत्र लिई र नभए दर्ता नगरपालिकामा उपस्थित हुन निर्देशन दिई एप्रोन सेटो प्रयोग गर्न, भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्नु पर्ने निर्देशन दिई तराजू थान १ जफत गरियो ।
त्यस्तै जय मा“ अन्नपूर्ण कोल्ड स्टोर दर्ता प्रमाणपत्र नभएकोले दर्ता भएको भए दर्ता प्रमाणपत्र लिई र नभए दर्ता नगरपालिकामा उपस्थित हुन निर्देशन दिई तराजु नविकरण गर्न, भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्नु पर्ने, एप्रोन सेतो प्रयोग गर्न, मुल्य सुचि राख्न, मासु खुल्ला नराखी बाकस बनाई झिंगा र धुलोले नभन्किने गरी राख्न, सरसफाईमा ध्यान दिन निर्देशन दियो ।
त्यस्तै भैरब मासु पसल दर्ता प्रमाणपत्र नभएकोले दर्ता भएको भए दर्ता प्रमाणपत्र लिई र नभए दर्ता नगरपालिकामा उपस्थित हुन निर्देशन दिई भुईंभित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्नु पर्ने, एप्रोन सेतो प्रयोग गर्न, मुल्य सुचि राख्न, मासु खुल्ला नराखी बाकस बनाई झिंगा र धुलोले नभन्किने गरी राख्न, सरसफाईमा ध्यान दिन निर्देशन दिई तराजू थान १ जफत गरिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रिता फसिकवा, ज्ञानबहादुर मानन्धर, सदस्य सचिव दिलिप कुमार सुवाल, भनपा श्यानिटेशन उपशाखाका व.नि. रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका हरिहर काफ्ले, पशु सेवा शाखा भक्तपुरका पार्वती योञ्जन, उद्योग बाणिज्य संघ भक्तपुरका विश्वराम त्वाती, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापा, महानगरीय प्रहरी प्ररिसरका भगउर प्रसाद हरिजन र धरेलु कार्यालयका सितारम त्वायनाको सहभागी रहेको थियो ।














