सवल शिक्षाका लागि दवाफः अभिभावक संघ नेपाल

सवल शिक्षाका लागि दवाफः अभिभावक संघ नेपाल
भक्तपुर, ६ श्रावण । अभिभावक संघ नेपाल जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा संघका पूर्व सदस्यहरु श्यामकृष्ण खत्री र उपेन्द्र सुवाल २०७९ सालको स्थानीय तहको निर्वाचनमा अत्याधिक मतले वडाध्यक्षमा विजय हुनु भएकोमा बधाई ज्ञापन कार्यक्रम अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीको प्रमुख आतिथ्यतामा एक समारोह बीच शुक्रबार होटल बज्रमा सम्पन्न भयो ।


कार्यक्रममा प्रमुख अतिथि सुप्रभात भण्डारीले पहिलो सरसफाई र शिक्षा, स्थास्थ्य र सम्पदामा पछाडि परेको भक्तपुर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का.नारायणमान विजुक्छें(रोहित)को कारण अहिले विश्वमा चर्चित साँस्कृतिक नगर, सफा सुन्दर र शिक्षा स्वास्थ्यमा अब्बल भक्तपुर भएको बताउँदै उहाँलाई पत्नि शोक भएकोमा समवेदन व्यक्त गर्दै शोभा प्रधानप्रति श्रद्धाञ्जली दिनुभयो । उहाँले निर्वाचित वडाध्यक्षहरुलाई बधाई दिँदै स्थानीय सरकार हाक्ने भएकोले आफ्नो क्षेत्रमा मात्रै समान शिक्षा पाउने, सबै जिल्ला र अन्र्तराष्ट्रिय प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रदान गर्न अनुरोध गर्नुभयो । उहाँले अभिभावक संघ सरकार नभएको र तीन तहको सरकारले सबल र सक्षम शिक्षा नदिएको बताउँदै नागरिकको आधारभुत आवश्यकता शिक्षाबाट कोहि पनि बञ्चित हुन नपरोस भन्नुभयो । भक्तपुरको ख्वप सर्कलको कलेजहरु मेडिकल क्षेत्र बाहेक अब्बल रहेकोमा प्रशंसा व्यक्त गर्दै जनप्रतिनिधिहरु शासक नभई सेवक र जनता मालिक हो सेवा गर्न जाने हो तर शासक दलहरुमा शिक्षा र स्वास्थ्य प्रथामिकतामा नपरेको र नातावाद, कृपावाद, भ्रष्ट्रचार भई रहेको उहाँले भन्नुभयो । उहाँले बालबालिकालाई प्रतिभावान र सक्षम कसरी बनाउने अभिभावकहरुको ध्यान जानुपर्ने बताउँदै शासक दलहरुले राष्ट्रियता ध्वस्त पार्दा युवा विद्यार्थीहरु बर्षको लाखौं विदेशीने गर्दा करौडौं युवाहरु विदेशींदा मर्दापर्दा पानी खुवाउने समेत नहुन अवस्था राष्ट्रिय भावना उजागार नगर्ने शिक्षाको औचित्य नभएको बताउनुभयो । उहाँले गरिवलाई गरिव बनाउने शिक्षा, शिक्षाले युवा विद्यार्थी विदेशीने शिक्षाको प्रमाणपत्र बनाउने शिक्षामा अमुलपरिवर्तन गर्न आवश्यक छ भन्नुभयो । उहाँले फिनल्याण्डको शिक्षा अहिले उत्कृष्ट रहेको कुरा संचार माध्यममा आइरहेको बताउँदै आधारभुत शिक्षा संविधानले नै अनिवार्य र निःशुल्क हुँदा हुँदै शुल्क तिर्नुपर्ने बाध्यात्मक स्थिति रहेकोमा २१ औं शताब्दिको न्याय के यहिं हो ? भनि प्रतिप्रश्न गर्नुभयो । उहाँले बालमैत्री, यौनहिसां र गलत राजनीतिले अहिले शिक्षा क्षेत्रमा प्रश्रय पाएकोमा दुःख व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि केशब पुरीले संघका पूर्व सदस्य समाजिक कार्यकर्ताबाट वडाध्यक्षमा निर्वाचित हुनु भएकोमा बधाई दिँदै भक्तपुरको कार्यले अरु जिल्लाहरु उत्साहित भएको बताउनुभयो । उहाँले व्यक्तिवादी सोचले अभिभावक संघ अभिभावकहरुको सरोकार राख्ने स्थानमा कानुनले सुनिश्चित गर्न नसकेतापनि आवश्यक सुझाबहरु दिई रहेको बताउनुभयो । उहाँले विद्यार्थी पलायन हुनुमा राज्य दोषि रहेको बताउँदै संस्थागत र समुदायक विद्यालयहरु उत्कृष्ट बनाउने तर्फ ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले शासक दलका उच्च ओहोदामा बसेका र व्युरोक्र्याटको उपल्लो तहका व्यक्तिहरुले खोलेको शिक्षण संस्थाहरुमा कसैको कुरा नसुन्ने गरेको बताउनुभयो ।
कार्यक्रममा सम्मानित व्यक्ति, संघका पूर्व सदस्य र भनपा वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालले मनपरि शुल्क उठाउने र विद्यालयको विकृति र विसंंगति प्रति संगठित अभिभावकको रुपमा संघले कार्य गर्नुपर्ने बताउँदै नैतिक शिक्षा सहितको शिक्षाा आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने संघका साथीहरुलाई धन्यवाद दिनुभयो ।
कार्यक्रम अभिभावक संघ नेपाल जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सभापतिको मन्तव्य राख्दै आजको यस कार्यक्रममा सम्मानित हुनु हुने संघका पूर्व सदस्य उपेन्द्र सुवाल र श्यामकृष्ण खत्री २०७९ सालको स्थानीय तहको चुनावमा अत्यधिक बहुमतले विजय हासिल गर्नु भएकोमा बधाई ज्ञापन गर्नु भयो । साथै उहाँहरुको कार्यकालको पूर्ण सफलताको कामना गर्दै सदैव देश र जनताको सेवामा समर्पित हुन सकुन भनि शुभकामना व्यक्त गर्दछु । उहाँले शिक्षा जस्तो अपरिहार्य आवश्यकतालाई सस्तो, शुलभ, गुणात्मक र बैज्ञानिक शिक्षा बनाई राष्ट्र विकासको लागि आवश्यक जनशक्ति तयार गर्न तथा शिक्षामा भई रहेको व्यापारीकरणलाई हटाई सर्वसाधारण जनताको सदाचार, शिष्टाचार र नैतिकता कायम राख्नका लागि जति सक्दो बढी अभिभावकहरु संलग्न गराई एकताबद्ध र संगठित प्रयत्नबाट मात्र कुनैपनि वर्ग तथा जनसमुदायको हक हितको रक्षा हुन सक्ने भएकोले सो को कार्यान्वयन गर्दै लैजानको लागि सम्बन्धित निकायमा आवश्यक सुझाव र सहयोग प्रदान गरी अनिवार्य सस्तो सुलभ, स्तरीय र बैज्ञानिक शिक्षा बनाउन आवश्यक बातावरण सिर्जना गर्ने उद्देश्यले संघको स्थापना भएको बताउनुभयो । उहाँले अभिभावक संघ नेपाल जिल्ला कार्य समिति भक्तपुर पनि असंगठित रुपमा रहेका अभिभावकहरुलाई एकतबद्ध गरी अगाडि बढाउन गठन भएको बताउनुभयो । सम्पूर्ण अभिभावकहरुको समस्याहरुलाई समेट्दै सुझाब र सल्लाहलाई आत्मसात गर्दै शिक्षा क्षेत्रमा भईरहेको विकृति, विसंगति, मनपरितन्त्र, व्यापारिकरण, चर्को शुल्क बद्धि, महंगी, बालबालिका माथि यातना , शैक्षिक संस्था बन्दको विरोध तथा भौतिक सुबिधा र गुणस्तर युक्त शिक्षाको लागि अभिभावकहरु संगठित रुपमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा संघका पूर्व सदस्यहरु वडाध्यक्षमा निर्वाचित हुनु भएकोमा बधाई पत्र, फुलको गुच्छा र खादाले प्रमुख अतिथि सुप्रभात भण्डारीले सम्मान गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष मणिरत्न बज्राचार्य, सचिव आशराम सुवाल, सह सचिव राजकुमार सुवाल, कोषाध्यक्ष कृष्णप्रसाद दुमरुले पनि बोल्नु भएको थियो ।