सल्लाघारीमा रुख ढल्दा ३ को मृत्यु १२ घाइते

सल्लाघारीमा रुख ढल्दा ३ को मृत्यु १२ घाइते
भक्तपुर, श्रावण ८ गते
दिन बिराएर एकपछि अर्को रुख ढल्दा भक्तपुरको सल्लाधारीमा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भक्तपुर नगरपालिका वडा नम्वर १ स्थित च्वंङ्गा गणेश मन्दिर परिसरमा रहेको रुख अचानक ढल्नेक्रममा सवार यात्रुबाहक वस र स्कुटीमा लाग्दा ३ जनाको मृत्यु र १२ जना घाइते भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जनाएको छ । घाइतेहरुको नजिकैको इबामुरा अस्पताल र सिकिस्त २ जना घाइतेको इन्टरनेशनल अस्पताल मध्यपुर थिमीको आइसियूमा राखेर उपचार भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक शिवकुमार श्रेष्ठले जनाएको छ । सो रुख ढल्दा काठमाण्डौबाट भक्तपुर आइरहेको यात्रुबाहक वस र स्कुटीमा क्षति पुग्नुका सो मानविय क्षति र घाइटे भएका हुन ।

यो घटना पछि सल्लाको रुखहरुको घारीको नामले परिचित सल्लाघारीस्थित च्वङ्गा गणेश मन्दिर परिसरका अन्य जोखिमयुक्त रुखहरुको कटानका लागि चिन्ह लगाउने कार्य भएको भन्दै स्थानीय जनप्रतिनिधी श्यामकृष्ण खत्रीले हिजो पनि सोहि स्थानमा एक रुख ढलेको बताए । पहिलो रुख ढल्दा एउटा गाडी र मोटरसाईकलमै झन्दै लाग्ने अवस्थामा ढलेको स्मरण गर्दै अन्य रुख पनि ढल्न सक्ने आकलन गरी ढलेको रुखको व्यवस्थापन गरी सम्बन्धित निकायलाई ध्यानाकर्षित पनि गराएको तर व्यवस्थापन गर्न नभ्याउँदै अर्को रुख लढेर मानविय क्षति पुग्न गएको बताए । त्यसपछि सुरक्षा निकायले सो क्षेत्रमा आउजाउ गर्न बन्द गरेको छ भने जोखिमयुक्त रुखहरुको पहिचान गरी चिन्ह लगाएर भोलि देखि कटान गरिने डिभिजन बन कार्यालय भक्तपुरका प्रमुख पे्रम सापकोटाले बताए ।

यस भन्दा अगाडी पनि यसै गरी रुखहरु ढल्ने गरेको स्मरण गर्दै च्वङ्गा पाखे गणेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण राजलबतले यस भन्दा अगाडी यसरी मानविय क्षति हुने गरी घटना नभएको बताए । सो घटना भएपछि स्थानीय समुदाय, प्रहरी, सेना मिलेर उद्धार तथा बाटो फन्छाउने कार्य सम्पन्न गरेको बताए ।
प्रत्यक्षदर्शी कोजूका अनुसार हिजो रुख ढल्दा जस्तै आवाज आएपछि आज पनि संखास्पद रुख ढल्योहोला भन्दै घटनास्थलमा आइपुग्दा भयाभव अवस्था देखेको बताए । रुख ढलेर नजिकैको विद्युतीय तारमा समेत लागेकाले आग्लागी र धुवांको मुस्लो नियन्त्रणमा आएपछि मात्रै घाईटेहरुको उद्धार हुन सकेको बताए । घाइटे निशा लिगलको दाहिने खुट्टा भाचिएको छ यद्यपी उनी बोल्न सक्ने अवस्थामा छिन् । घटना हुँदा आफुहरुले केही चाल नपाएको बताए । रितिक बासुकलता त घटनामा पर्ने बितिक्कै बेहोस भएको भन्दै  आफूले खासै चाल नपाएको स्मरण गरे । पद्मप्रसाद ह्योजूको घाटिमा समस्या भएको छ । आफू गाडीमा थोकिएर घाइते भएको उनले बताए । बाल मजदुरका रुपमा कार्यरत सहचालक पनि सामान्य घाइते छन् । उनीहरु इबामुरा अस्पतालमा उपचारमा छन् । सो घटना दिउँसो १२ः१५मा भएको प्रहरीले जनाएको छ।