पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्न
भक्तपुर, ३० जेठ
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २४औं वार्षिक साधारणसभा शनिवार भक्तपुर बैंक्वीटमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिका महासचिव राम प्रसाद दाहालले अहिलेको सरकारले सूचनाको पहूँचलाई ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा जस्तो पु¥याएको बताउँदै यो साधारणसभालाई आन्दोलनको सभाका रुपमा अघि बढाउनुपर्ने औंल्याउनुभयो । उहाँले पत्रकारिता क्षेत्रप्रति सरकारको मनै दूषित रहेको बताउँदै सञ्चार संस्था र श्रमजीवी पत्रकारप्रति गरेको प्रेस स्वतन्त्रताको हनन् प्रति खेद व्यक्त गर्नुभयो । मिडियासँग सरकार आतंकित भएको र सरकारले पत्रकारको सूचना सम्प्रेषण गर्ने कार्यमा बाधा व्यवधान गरेकाले नेपालको संविधान, २०७२ बाट स्थापित पूर्ण प्रेस स्वतन्त्रता कुन्ठित भएको बताउनुभयो । पूर्ण प्रेस स्वतन्त्रता र पत्रकारको हकहित र सुरक्षाका लागि यहि असार ५ गते काठमाडौं उपत्यका केन्द्रीत कडा आन्दोलन गर्ने चेतावनी उहाँले दिनुभयो ।
अर्का केन्द्रीय सदस्य सूर्य सुवेदीले पत्रकार हक हितका लागि महासंघको केन्द्रले गरेका विभिन्न गतिविधिको बारेमा उल्लेख गर्दै केन्द्रले गरेका हरेक गतिविधिमा सबै श्रमजीवी पत्रकारले साथ दिनुपर्नेमा जोड दिनुभयो ।
उपत्यका प्रदेशका कार्यवाहक अध्यष रोजीना थापा, भक्तपुरका पूर्व अध्यक्ष नारायणसुन्दर किलम्बु, वरिष्ट पत्रकार कविर राणा, काठमाडौंका अध्यक्ष शोभा अर्याल, ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीलगायतले शुभकामना दिएको उक्त साधारणसभामा हरिसुन्दर छुकां, नविना खर्बुजा, मदन ढुंगाना, आशिष पौडेल, रोशन शिल्पकार, पुष्करराज बुढाथोकीले बोलेका थिए ।
महासंघका कोषाध्यक्ष रामगोपाल तमखुले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र सहसचिव दिनेश कार्कीले प्रस्तुत गरेको कार्यसमितिको प्रतिवेदन आवश्यक छलफलपछि पारित गरेको उक्त साधारणसभाको सभापतित्व ग्रहण गर्दै सुन्दर शिल्पकारले महासंघले पत्रकारिता क्षेत्रलाई छापा माध्यमबाट डिजिटल माध्यममा लान विभिन्न तालिम तथा कार्यक्रमहरुको आयोजना गरेको स्पष्ट पार्नुभयो ।
Featured Posts – Style 1
वित्तिय साक्षारता कार्यक्रम सम्पन
2026-09-16 Comments Off on वित्तिय साक्षारता कार्यक्रम सम्पन
वित्तिय साक्षारता कार्यक्रम सम्पन भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा एनएमबी बैक सुर्यविनायक शाखासँगको सहकार्यमा लघु घरेलु तथा साना...
तार चोरी गर्ने तीन जना नियन्त्रणमा
2026-09-16 Comments Off on तार चोरी गर्ने तीन जना नियन्त्रणमा
तार चोरी गर्ने तीन जना नियन्त्रणमाभक्तपुर । चाँगुनारायण नगरपालिका–१, न्यौपाने गाउँस्थित म्क्ष्क्ज् ज्इःभ् ल्भत मा कार्यरत तीन जनालाई नेपाल टेलिकमको...
भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने
2026-09-16 Comments Off on भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने
भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुनेभक्तपुर भाद्र ३१ गते नेपाल लेखापढी व्यवसायी...
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
2026-09-15 Comments Off on बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदैललितपुर, २८ भदौ । आगामी संविधान दिवसको पावन अवसर पारेर...
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
2026-09-15 Comments Off on प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै...













