तरुल विक्री गरेर सर्लाहिका किसानले लाखाँै रुपैयाँ कमाए ।।
जनार्जन खत्री, रेडियो एकता, सर्लाही
माघे संक्रान्तिका दिन खाइने तरुल विक्री गरेर सर्लाहिका किसानले लाखाँै रुपैयाँ कमाएका छन् । व्यवसायीक रुपमा तरुल खेती गरेका किसानहरू अहिले तरुल खन्न र बजारमा पठाउन व्यस्त छन् । १० कठ्ठामा तरुल लगाउनुभएका सर्लाहीको बागमती नगरपालिका–८, सोल्टीका किसान जङ्गबहादुर महतोले तरुल बेचेर २ लाख ५० हजार कमाउनुभएको छ । अरु भन्दा तरुलबाट किसानलाई राम्रो आम्दानी हुने गरेको महतोको भनाइ छ । सर्लाहीमा बिशेष गरि सोल्टी, कर्मैया, राजघाट, हजरिया, बरहथवा लगायत स्थानमा तरुल खेती गर्ने गरिएको छ । अघिल्ला वर्षहरूमा तरुल प्रतिकठ्ठा आठदेखि १० क्विन्टलसम्म उत्पादन भएपनि यस वर्ष तीनदेखि चार क्विन्टल मात्रै उत्पादन भयो । मौसम अनुसार तरुलको उत्पादन कम वा बढि हुने गरेको छ । किसानको बारीबाट किनेको तरुल व्यापारीले काठमाण्डौं, पोखरा, धनगढी, वीरगञ्ज, इटहरी लगायत देशका प्रमुख सहरसम्म पु¥याउने गरेका छन् । जसका कारण यो समयमा मजदुरहरूले पनि तरुल खनेर राम्रो कमाइ गरेका छन् । सर्लाहीमा किसानले प्रतिक्विन्टल ४ हजार रुपैयाँमा तरुल बेचेका छन् । किन्दा प्रतिकिलो ४० रुपैयाँ पर्ने तरुल बजारमा पुगेपछि व्यापारीले प्रतिकिलो ६० सम्ममा बेच्ने गरेका छन् । फागुनदेखि जेठसम्म रोपिने तरुल पुस देखि चैत सम्म खन्ने गरिएको छ
Featured Posts – Style 1
विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
2026-09-27 Comments Off on विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मानभक्तपुर । २०८३ असोज ११ गते, आइतबारनेपाल...
विश्व मुटु दिवसकाे अवसरमा मुटुराेग सम्बन्धी सचेतनामूलक प्रस्तुतिकरण र अन्तरक्रिया कार्यक्रम
2026-09-27 Comments Off on विश्व मुटु दिवसकाे अवसरमा मुटुराेग सम्बन्धी सचेतनामूलक प्रस्तुतिकरण र अन्तरक्रिया कार्यक्रम
विश्व मुटु दिवसकाे अवसरमा मुटुराेग सम्बन्धी सचेतनामूलक प्रस्तुतिकरण र अन्तरक्रिया कार्यक्रमललितपुर,उपत्यकामा पनि अविरल वर्षाकाे भय, त्राश , बाटाे अवरुद्धकाे कारण...
साधारणसभा सम्बन्धी संयुक्त भेला सम्पन्न
2026-09-26 Comments Off on साधारणसभा सम्बन्धी संयुक्त भेला सम्पन्न
साधारणसभा सम्बन्धी संयुक्त भेला सम्पन्न भक्तपुर, १० असोज । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को साधारणसभा सम्बन्धी संयुक्त भेला अध्यक्ष कृष्ण राम कासिछ्वाको सभापतित्वमा संस्थाको सभाकक्षमा चोफलमा शनिबार सम्पन्न भएको छ। कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले संस्थाको साधारणसभा २०८३ असोज १७ गते शनिबार ब्रम्हायणी पार्टी प्यालेसमा आयोजना हुने जानकारी गराउनुभयो। उहाँले संस्थाको प्रगति र समृद्धिका लागि सबैको निःस्वार्थ सहयोग, सक्रिय सहभागिता र सकारात्मक भूमिकाको अपेक्षा व्यक्त गर्नुभयो। सल्लाहकार कृष्णभक्त लवजूले संस्थाको स्थापनाकालमा उद्घाटन गरिएको समयको स्मरण गर्दै सहकारीको महत्त्व र आवश्यकताबारे चर्चा गर्नुभयो। उहाँले पदभन्दा कामलाई विशेष प्राथमिकता दिनुपर्ने, संस्थाको हितमा प्रभावकारी रूपमा काम गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी र अधिकार हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभयो। साथै अनावश्यक खर्चलाई न्यूनीकरण गरी सदस्य तथा समाजको हितमा बढीभन्दा बढी स्रोत परिचालन गर्नुपर्नेमा जोड दिनुभयो। अर्का सल्लाहकार रामकृष्ण प्रजापतिले साधारणसभा संस्थाको नीति, योजना, पारदर्शिता र सदस्यहरूको सहभागिताका दृष्टिले महत्त्वपूर्ण रहेको बताउँदै यसको आवश्यकता र भूमिकामाथि प्रकाश पार्नुभएको थियो। सल्लाहकार काशिलाल प्रजापतिले साधारणसभासम्बन्धी विषयमा प्रकाश पार्दै साधारणसभाको प्रक्रिया तथा सदस्यहरूको सहभागिताको महत्त्वबारे जानकारी गराउनुभएको थियो। कार्यक्रमको उद्घोषण सत्यराम ज्ञामरूले गर्नुभएको थियो। कार्यक्रममा रामकृष्ण लावजूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी कोषाध्यक्ष तुल्सी केशरी प्रजापतिले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक अवस्था तथा गतिविधिबारे जानकारी गराउनुभएको थियो। भेलामा संस्थाको आगामी साधारणसभा, आर्थिक अवस्था, संस्थागत विकास तथा सदस्य हितका विषयमा विभिन्न वक्ताहरूले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो। अन्त्यमा संस्थाको आगामी साधारणसभा सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो।
सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि।को १६ औं वार्षिक साधारणसभा
2026-09-26 Comments Off on सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि।को १६ औं वार्षिक साधारणसभा
भक्तपुर, १० असोज । सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि।को १६ औं वार्षिक साधारणसभा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले...
शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २६ औँ वार्षिक साधारण सभा सम्पन्न
2026-09-26 Comments Off on शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २६ औँ वार्षिक साधारण सभा सम्पन्न
शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २६ औँ वार्षिक साधारण सभा सम्पन्न भक्तपुर। शुभकामना बचत तथा ऋण सहकारी संस्था...













