गणेशमावि सिपाडोलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

गणेशमावि सिपाडोलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
भक्तपुर, जेष्ठ २५ गते
देशको राजधानीकै नजिकका विद्यालयहरुमा समेत विद्यार्थीहरुलाई पढ्ने शैक्षिक वातावरण नभएमा चासो राख्र्दै महिला नेत्रृ राधिका शाक्यले सरकारी जागिर खाएको ३३ वर्षमा पनि गर्न नसकेको पुण्य कार्य सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर पूरा गर्न पाएकोे बताएकी छिन् । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्वर ७ स्थित गणेश माध्यामिक विद्यालयका छात्र छात्राहरुलाई आज झोला, डे«स सहित शैक्षिक सामग्रीहरु वितरण गर्दै नेतृ शाक्यले देशको राजधानी नजिकका सामुदायिक विद्यालयहरुमा शैक्षिक वातावरण बनाउनुपर्नेमा जोड दिएकी छिन् । यहाँ त यस्तो समस्यामा छन् दुरदराजका विद्यालयको शैक्षिक वातावरण कस्तो होला ? भन्दै उनले विद्यार्थीहरुको सांस्कृतिक, सभ्यता, अनुशासनको ज्ञान दिएर देशको काँचुली फेर्न सकिने विश्वास व्यक्त गरिन । सामुदायिक विद्यालयमा शैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षा दिन अनुगमणमा जोड दिइन ।


कार्यक्रमका विशेष अतिथि बागमति प्रदेशका सांसद किरण थापाले सिपाडोलको गणेश माविमै उच्च शिक्षा हासिल गर्न सकिने गरी ६ करोड भन्दा बढी लागतमा २१ कोठे विद्यालय भवन बनि रहेको चर्चा गर्दै सिपाडोलका विद्यार्थीहरुले सो भवन तयार भएपछि उच्च शिक्षा हासिल गर्न बाहिर जान नपर्ने औल्याए । भने सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नसक्नेलाई सक्नेले सहयोग गर्ने रचनात्मक काम हुनुपर्नेमा जोड दिदै जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम प्रशंंसनीय भएको बताए ।
जगतभैरव प्रतिष्ठानका अध्यक्ष द्धारिका सत्यालको सभापतित्वमा भएको सो कार्यक्रममा वडाध्यक्ष पुष्पराज बस्नेत, विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद मैनाली, शिक्षक रविन्द्र थापा, प्रतिष्ठानका उपाध्यक्ष रामेश्वर थापा सहितले विद्यालयको शैक्षिक उन्नेनका सवालहरुमा आआफ्ना विचार व्यक्त गरेका थिए । प्रतिष्ठानले सोही वडाका पूर्व वडाध्यक्ष किरण थापाको ५ वर्ष जनप्रतिनीधि हुँदाको तलव जम्मा गरी स्थापना गरेको अक्ष्यकोषको ब्याजबाट करिव ४ लाख बरावरका शैक्षिक सामग्री सो अवसरमा वितरण भएको थियो । सोही अवसरमा सहयोगी निकाय तथा तेकान्डो खेलाडीहरुलाई प्रसंशा पत्र वितरण भएको थियो । प्रतिष्ठानले १ सय ३५ विद्यार्थीहरुलाई विद्यार्थीहरुको आवश्यकताका आधारमा विद्यालय पोशाक, पाठ्यसामग्रीका साथै झोलाहरु समेत वितरण भएको थियो ।