तरुल विक्री गरेर सर्लाहिका किसानले लाखाँै रुपैयाँ कमाए ।।
जनार्जन खत्री, रेडियो एकता, सर्लाही
माघे संक्रान्तिका दिन खाइने तरुल विक्री गरेर सर्लाहिका किसानले लाखाँै रुपैयाँ कमाएका छन् । व्यवसायीक रुपमा तरुल खेती गरेका किसानहरू अहिले तरुल खन्न र बजारमा पठाउन व्यस्त छन् । १० कठ्ठामा तरुल लगाउनुभएका सर्लाहीको बागमती नगरपालिका–८, सोल्टीका किसान जङ्गबहादुर महतोले तरुल बेचेर २ लाख ५० हजार कमाउनुभएको छ । अरु भन्दा तरुलबाट किसानलाई राम्रो आम्दानी हुने गरेको महतोको भनाइ छ । सर्लाहीमा बिशेष गरि सोल्टी, कर्मैया, राजघाट, हजरिया, बरहथवा लगायत स्थानमा तरुल खेती गर्ने गरिएको छ । अघिल्ला वर्षहरूमा तरुल प्रतिकठ्ठा आठदेखि १० क्विन्टलसम्म उत्पादन भएपनि यस वर्ष तीनदेखि चार क्विन्टल मात्रै उत्पादन भयो । मौसम अनुसार तरुलको उत्पादन कम वा बढि हुने गरेको छ । किसानको बारीबाट किनेको तरुल व्यापारीले काठमाण्डौं, पोखरा, धनगढी, वीरगञ्ज, इटहरी लगायत देशका प्रमुख सहरसम्म पु¥याउने गरेका छन् । जसका कारण यो समयमा मजदुरहरूले पनि तरुल खनेर राम्रो कमाइ गरेका छन् । सर्लाहीमा किसानले प्रतिक्विन्टल ४ हजार रुपैयाँमा तरुल बेचेका छन् । किन्दा प्रतिकिलो ४० रुपैयाँ पर्ने तरुल बजारमा पुगेपछि व्यापारीले प्रतिकिलो ६० सम्ममा बेच्ने गरेका छन् । फागुनदेखि जेठसम्म रोपिने तरुल पुस देखि चैत सम्म खन्ने गरिएको छ
Featured Posts – Style 1
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
2026-08-10 Comments Off on भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी भक्तपुर । भक्तपुर नगरपालिका–७, त्रिवेणीधामस्थित श्री हनुमानघाट परिसरमा ‘६३० दिवसीय विश्व...
खड्कीको हत्याका ५ अभियुक्त पक्राउ
2026-08-10 Comments Off on खड्कीको हत्याका ५ अभियुक्त पक्राउ
खड्कीको हत्याका ५ अभियुक्त पक्राउभक्तप्ुर, श्रावण २५ गतेभक्तपुर प्रहरीले सूर्यविनायक नगरपालिका वडा नं.१ स्थित विरुवाको उत्साहित उपचार केन्द्रमा आईतबार भएको...
एभरेष्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठक सुरु
2026-08-10 Comments Off on एभरेष्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठक सुरु
एभरेष्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठक सुरुकाठमाडौं, २४ श्रावण नेपालका उत्कृष्ट इन्जिनियरिङ कलेजमध्ये एक एभरेस्ट इन्जिनियरिङ कलेजमा क्ष्लतभचलबतष्यलब िऋयलाभचभलअभ...
सुशासनदेखि सामाजिक न्यायसम्म : अग्रगामी शक्तिको एकतामा खनाल र संघीय समाजवादी अध्यक्षको जोड
2026-08-10 Comments Off on सुशासनदेखि सामाजिक न्यायसम्म : अग्रगामी शक्तिको एकतामा खनाल र संघीय समाजवादी अध्यक्षको जोड
सुशासनदेखि सामाजिक न्यायसम्म : अग्रगामी शक्तिको एकतामा खनाल र संघीय समाजवादी अध्यक्षको जोड काठमाडौं । कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता तथा...
शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन
2026-08-10 Comments Off on शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन
शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयनपेरिस, फ्रान्सपेरिसमा सम्पन्न नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति...













