आज थप २ हजार ४ सय ४४ जनामा कोरोना सङ्क्रमण ।

आज थप २ हजार ४ सय ४४ जनामा कोरोना सङ्क्रमण ।
नेपालमा आज कोरोना भाइरसका २ हजार ४ सय ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ८१ जना र ४ हजार ३ सय ८५ जनाको पीसीआर गर्दा ४ सय ६३ जना गरी २ हजार ४ सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने ३ सय १३ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या ८ लाख ३५ हजार ९ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म ८ लाख १४ हजार ७ सय ९८ जना सङ्क्रमणमुक्त भएका छन् ।