काठमाडौं उपत्यकामा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने, परीक्षा भने नरोकिने निर्णय ।
काठमाडौं उपत्यकाका विद्यालय माघ १५ गतेसम्म बन्द हुने भएका छन् । काठमाण्डौं, ललितपुर र भक्तपुरको प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले आजैदेखि लागु हुने गरि माघ १५ गतेसम्म भौतिक उपस्थितीमा पठनपाठन संचालन नगर्न निर्देशन दिएको हो । बैठकपछि जारी विज्ञप्तीमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि तीनै जिल्लाले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उल्लेख छ । पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षा भने स्वास्थ्य मापदण्ड पालना गरेर लिन सकिने छ ।
यस्तै बैठकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई एक हप्ताभित्र अध्ययनरत विद्यालयमा नै कोरोनाविरुद्धको खोप अनिवार्य रुपमा लगाइसक्न पनि निर्देशन दिएको छ । छलफल पछि तीनै जिल्लाले सूचना निकालेर माघ ७ गतेदेखि कुनै पनि सार्वजनिक स्थल वा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने र त्यसको खोप कार्ड हुनुपर्ने जनाएका छन् । यस्तै २५ जनाभन्दा बढी मानिसको उपस्थिती हुने गरी कुनै पनि किसिमको भेला तथा महोत्सव एवं सामाजिक कार्य नगर्न पनि निर्देशन दिएको छ । घरबाहिर निस्कँदा कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउने, साबुनपानीले हात धुने, व्यक्तिगत दुरी कायम गर्ने लगायत स्वास्थ्य मापदण्ड अपनाउन निर्देशन दिएको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














