विनाता सांस्कृतिक कला प्रवद्र्धन केन्द्रद्वारा पहिलो साधारण सभा आयोजना
भक्तपुर, पुस २६ गते
विनाता सांस्कृति कला प्रवद्र्धन केन्द्र भक्तपुरले आज प्रथम वार्षिक साधारण सभा आयोजना गरेको छ । २०५० साल देखि जनस्तरमा स्थापित विनाता कला सदनले २०८२ साल श्रावण १३ गते सरकारी मान्यता प्राप्त भएपछि संगीतज्ञ एवं प्राध्यापक धनबहादुर गोपालीको प्रमुख आतिथ्यतामा सदनले पहिलो वार्षिक साधारण सभा आज आयोजना गरेको हो ।


साधारण सभाको उद्घाटन मन्तव्य राख्दै गोपालीले सांस्कृतिक एवं सांगीतिक, पुरातात्विक हिसाबले समृद्ध भक्तपुर नगरीमा दर्सकौ पूरानो संस्थाले बैद्धानिकता गरेकाले हरेक दृष्टिकोणले प्रकाश स्तम्भका रुपमा रहेको भक्तपुरलाई अझ उन्नत स्तरमा पुर्याउन सांगीतिक मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । प्रमुख अतिथि गोपालीले नयाँ निर्वाचित पदाधिकारीहरुले राष्ट्रिय, अन्तराष्ट्रिय समयको गम्भिरतालाई बुझेर संगीत क्षेत्रलाई पनि मानविय संवेदनासँग जोड्न सफल हुने विश्वास व्यक्त गर्नु हुँदै सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्नु भयो ।
सदनका संस्थापक बद्रीनारायण ताम्राकार तालिम केन्द्र देखि शिष्य बन्दै उभिएर सीतार बजाउने कार्यमा विश्व रेकर्ड कायम गर्न सफल व्यक्तित्व भएको भन्दै कार्यक्रमका विशेष अतिथि सीतामाया राजचलले कला र संगीतले देशको गौरव वढाउन र विषयगत पोख्तता ल्याउन अथक प्रयासलाई जारी राख्दै आफ्नो सांस्कृतिक स्तर उठाउन सक्नुपर्ने बताउनु भयो । अर्का विशेष अतिथि एवं वरिष्ठ गायिका सानुमाया ताम्राकार धौभडेलले वरिष्ठ संगीतकार बद्रीनारायण लाम्राकारको संगीत एवं संस्थाका महासचिव कृष्णप्रसाद दुमरुद्वारा रचित शुभकामना शुभकामना ……. बोलको गीत गाएर नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।
वरिष्ठ संगीतकार एवं गायक बद्रीनारायण ताम्राकारको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको उक्त साधारण सभामा महासचिवमा कृष्णप्रसाद दुमरुले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्यारी सुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै प्रथम उपाध्यक्ष धनकृष्ण श्रेष्ठले स्वागत र सदस्य बसन्त नकर्मीले कार्यक्रम सञ्चालन भएको थियो ।सो सभामा संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ संगीतकार बद्री नारायण ताम्राकारको सभापतित्वमा आयोजना भएको थियो ।















