डिएलएको महासचिवमा भक्तपुरका प्रधानको उम्मेदवारी घोषणा

डिएलएको महासचिवमा भक्तपुरका प्रधानको उम्मेदवारी घोषणा
भक्तपुर, भाद्र ४ गते
डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को महासचिव पद्कालागि भक्तपुरका अधिवक्ता रविन्द्र प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । बिहिबार मध्यपुर थिमीमा आयोजित एक समारोह बीच प्रधानले आफ्नो उमेद्वारी घोषणा गरेका हुन । भक्तपुर बार एसोसियसनका पूर्व अध्यक्ष समेत रहेका प्रधानले न्याय क्षेत्रलाई स्वतन्त्र बनाउने उदेश्यका साथ आफ्नो उम्मेदवारी भएको जनाएको छ । नेपाली कांग्रेस पार्टी फुटे पनि न्याय क्षेत्रमा काम गर्ने वकिलहरु नफुटौ, कांग्रेस पार्टीको भातृसंगठनको रुपमा रहेको यो संस्थालाई स्वतन्त्र बनाऔं भन्दै प्रधानले आफूले डिएलएको महासचिवमा जिते न्याय क्षेत्रमा पार्टीगत हस्तक्षेप हताउने दाबी गरेका हुन । न्याय क्षेत्रमा काम गर्ने व्यवसायिहरुको परिश्रमिकको बन्दोवस्ती गर्ने, न्यायलाई चुस्त दुरुष्ट बनाउने, वार्षिक उत्पादन हुने ३३ सय नयाँ वकिलहरुको कार्य दक्षताको आधारमा प्रशिक्षण दिने, कानूनी पेसामा लाग्न सक्ने बनाउने, अदालतमै अभ्यासको अवसर दिने तथा अदालतको निर्णयलाई एकरुपता ल्याउने जस्तो महत्वपूर्ण कार्य गर्ने प्रतिवद्धता जनाएका थिए ।
कालो कोट लगाएपछि अरु एजेण्डा छोडेर विधिको शासन, मानव अधिकार, प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, कानुनी शासन, मानव अधिकारको प्रवद्र्धनमा लाग्न सक्नुपर्नेमा जोड दिदै प्रधानले मुलुकमा प्रजातन्त्रको साख जोगाउन न्याय क्षेत्र राजनैतिक हस्तक्षेपबाट मुक्त्त हुनुपर्र्नेमा जोड दिए । उनले भने पार्टीको हस्तक्षेपले बारको निर्वाचन पनि प्रभावित भयो । न्यायलाई आस्था र प्रजातन्त्रको धरोहर बनाउऔं । अदालतको फैसलामा एकरुपता ल्याऔं, एउटै मुद्दाको आदेश र फैसला फरक फरक नआउने बनाऔं । कानुनी राज्य स्थापनकालागि व्यक्ति हारे पनि एजेण्डा नहार्ने गरी काम गरौं ।
डिएलए एक जुट भए फुट्न लागेको पार्टी पनि एक हुने दाबी गर्दै महासचिवका दावेदार प्रधानले आफूले महासचिवमा जिते पार्टीको अधिवेशनबाटै डिएलएलाई स्वतन्त्र बनाउने बताएका थिए । एन्टि कम्युनिष्ट एर्लेन्सकालागि २०४७ सालमा स्थापना भएको डिएलएको १२ अधिवेशन यही भाद्र १९ र २० गते बुटवलमा हुदै छ । अधिवेशनमा ८४ युनियनका १६ सय भन्दा बढी वकिलहरुले मतदान गर्ने छन् ।

(2) Facebook