नगर प्रमुख सुनिल प्रजापतिद्वारा दोस्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको उद्घाटन ।
भक्तपुर, २०७८ पौष ७ गते बुधबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर फुटबल क्लब ११ को आयोजनामा हुने दोस्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको पानसमा दिप प्रज्ज्वलन गरी भनपा–७ स्थित माहेश्वरी खेल मैदानमा एक समारोहबीच उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई सँगसँगै अगाडि बढाइरहेको जानकारी दिनुभयो । उहाँले भक्तपुर नगरपालिकाले जनप्रतिनिधिहरुको बहाली भएदेखिनै प्रत्येक वर्ष एक वटा खेलको अन्तरनगर खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेको तथा प्रत्येक वर्ष नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगता सञ्चालन गरेको र यो वर्ष नगरभित्रका ९२ वटामध्ये ७१ वटा विद्यालयहरुका १८ सय भन्दा विद्यार्थीहरुले सहभागिता जनाएको उल्लेख गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ७ वटै शैक्षिक संस्थानहरुले उत्कृष्ट नतिजा हासिल गरिरहेको र यस वर्ष भनपाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिड्डका छात्र रमण श्रेष्ठले देशभरीकै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको तथा बागीश्वरी कलेजका छात्रा बबिता ग्वाछाले बीबीएस तर्पm देशभरीमै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन ५ वटा विभिन्न खेलहरुको प्रशिक्षण दिइरहेकोमा यस वर्षबाट जिम्न्याष्टिक खेलको प्रशिक्षण शुरु गरेको जानकारी दिनुहुँदै नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी नगरका प्रत्येक वडा र ख्वप कलेज÷ख्वप ई. कलेजमा गरी २२ स्थानमा व्यायामशालाको व्यवस्था गरेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नगरपालिकाले खेलकुदको विकासको लागि सञ्चालित गतिविधिहरुकोबारेमा संक्षिप्त जानकारी दिनुहुँदै खेलाडीहरुको भविष्य निर्धारण गर्न सरकारले खेलकुद विश्वविद्यालयको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरमा खेलकुदको पूर्वाधार विकासको लागि सरकारले वेवास्ता गरेको गुनासो पोख्नुहुँदै माहेश्वरी खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको स्टेडियम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर फुटबल क्लब ११ का अध्यक्ष राम प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष शिवजी श्रेष्ठ, सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्याम सुन्दर धौभडेललगायतले प्रतियोगिताको सफलताको लागि शुभकामना व्यक्त गर्नुहुँदै खेलकुदको आवश्यकतामाथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले फुटबल प्रतियोगिताका रेफ्रीलाई बल हस्तान्तरण गरी खेलको शुरुवात गर्नुभएको थियो भने सभापति राम प्रजापतिले प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
भक्तपुर फुटबल क्लब ११ र स्प्रिड्डडेल इड्डलिश स्कूलको संयुक्त आयोजना र सिद्धि स्मृति प्रतिष्ठानको सह–आयोजनामा भइरहेको दोस्रो अन्तर विद्यालय फुटबल प्रतियोगितामा आठ वटा विद्यालयहरुको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














