नेपालमा थप एकजनामा ओमिक्रोन पुष्टि, देशभर २ जनाको मृत्यु ।
नेपालमा थप एकजनामा ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयका अनुसार २२ वटा जिन सिक्वेन्सिङ गर्दा एक जनामा ओमिक्रोन र अन्य २१ जनामा डेल्टा भेरिएन्ट पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा.संगिता मिश्रले ओमिक्रोन पुष्टि भएका ती व्यक्ति ९८ वर्षको रहेको जानकारी दिनुभयो । उनी हाल स्वास्थ्यकर्मीको निगरानीमा रहेको र उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डा.मिश्रले बताउनुभयो । उनको सम्पर्कमा आएकाहरूको खोजी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै गत २४ घन्टामा देशभर थप २ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर ७ हजार २ सय ३३ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा २ सय १७ जना र ४ हजार ४३ एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख २६ हजार ४ सय २४ र एन्टिजेन विधिबाट ९६ हजार ४० जनामा कोरोना पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २ सय ७२ जना स्वस्थ भएका छन् । हालसम्म देशभर कोरोनाका कारण ११ हजार ५ सय ९९ जनाको मृत्यु भएको छ भने ८ लाख ९ हजार ६ सय ५९ जना स्वस्थ भएका छन् ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...













