लक्ष्मी पुजाको अवसरमा लान्चाफल्चा क्षेत्रमा सरसफाई

लक्ष्मी पुजाको अवसरमा लान्चाफल्चा क्षेत्रमा सरसफाई
भक्तपुर, १८ कार्तिक । लान्चाफल्चा एकता समाजले लक्ष्मी पुजाको अवसरका सरसफाई कार्यक्रम आयोजना गरी कमलबिनायक आवास क्षेत्र र लान्चाफल्चा क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भयो ।

सरसफाई कार्यक्रमको समापनमा भक्तपुर नगरपालिकाका वडानिरिक्षक रामकृष्ण प्रजापतिले समाज गठन संगै पहिलो कार्यक्रम सरसफाइ राखे जस्तै सबैको मन सफा हुनुपर्ने, टोल र समाज सफा नभएसम्म आमुल परिवर्तन नहुने बताउँदै जनचेतना जगाउने उद्देश्यले प्रतिकात्मक रुपमा सरसफाई कार्यक्रम गर्नु भएकोमा नगरपालिकाको तर्फ धन्यवाद ज्ञापन गर्दै नेपालीहरु विविधतामा एकता खोज्ने भएकोले विभिन्न भाषा भाषि र जातजातिहरु मिलेर एकता समाज बनाई तिहार वा दिपावली जस्तो महत्वपूर्ण चाँडलाई रचनात्मक रुपमा सदुपयोग गरि सरसफाई गर्नु भएकोमा टोलबासीहरुलाई धन्यावादका साथै पत्रपत्रिकामा आए जस्तै जुवाताँस विकृति तर्फ समय वेतित नगरी चाँड मनाउन र स्वास्थ्यलाई असर नपर्ने गरी खानपान र मिठाइमा ध्यान दिन अनुरोध गर्नुभयो । उहाँले संस्था स्थापना गर्न सजिलो तर निरन्तरता दिन गा¥हो हुने बताउँदै सबैले एकताबद्ध भई कार्य गर्न अनुरोधका साथ नर्याँ बर्ष ११४२ को अवसर शुभकामना(न्हुँदया भिन्तुना) व्यक्त गर्नुभयो ।
कार्यक्रममा लान्चाफल्चा एकता समाजका अध्यक्ष रामकृष्ण छुस्यावाग र सचिव डा.राजेन्द्र कोजूले पनि बोल्नु भएको थियो भने सरसफाई कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको थियो ।