भनपा ३ मा भारिमतले प्यानलसहित नेमकिपाको जित
भक्तपुर, जेष्ठ १ गते
भक्तपुर नगरपालिका वडा नम्वर ३ मा पनि नेमकिपाको मादलले भारिमतले जित हाँसिल गरेको छ । निकतम प्रतिद्वन्दी रुखले ७०५ मत प्राप्त गर्दा मादलले २४४० मत प्राप्त गरि विजयी भएको छ । सो वडामा सूर्यले २५६ , हसियाँ हथौडाले ८१ मत प्राप्त गरेको थियो । सो वडामा विजयी भएका मादलका वडाध्यक्ष उम्मेदबार राजकृष्ण गोराले २०७४ सालको निर्वाचनमा १६६६ मतले विजयी गरेको थियो भने यसपालिको निर्वाचनमा थप ७७४ मत प्राप्त गरी अत्यधिक मतले विजयी भएको छ । सो वडामा कुल ३९९० मत खसेकोमा मादल एक्लैले २४४० मत प्राप्त गरी प्यानल सहित विजयी गरेको हो । कुन मतको ६५.८० % मादलले प्राप्त गरेको हो ।
यस भन्दा अघि भनपा १मा मादलको श्यामकृष्ण खत्रीले कुल खसेको ३५२० मतमा २१४३ मत प्राप्त गरी प्यानल सहित विजयी भइसकेको छ । सो वडामा पनि २०७४ सालमा १३७६ मत प्राप्त गरी विजयी भएका खत्रीेले यसपालि थप ४६७ मत प्राप्त गरी विजयी भएका हुन ।
आज विहान ५ः३० को मत परिणाम अनुसार भनपा २ मा कुल खसेको ५१९४ मतमा २५७२ मत गणना हुँदा मादलको प्यानलले १२७४ प्राप्त गरिसकेको छ भने सो वडामा सूर्यले २७५, रुखले १५५, खरायोले ४२० हलोले १०२, हसिया हथौडाले ९७ मत प्राप्त गरेको छ भने भनपा ४ मा ८०९ मतको गणना हुँदा मादलले ६९९, सूर्यले १७, रुखले ५१, हसिया हथौडाले १३ मत प्राप्त गरेको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














