महासंघको पहलमा९० प्रतिशत कर छुट: श्रेष्ठ
भक्तपुर, असोज
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले डी–१ मा महासंघको पहलमा ९० प्रतिशत कर छुट दिएको बताएका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघद्वारा बुधबार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले अहिले छुटको व्यवस्था भएका कारण उद्योगी व्यवसायीहरुलाई समयमै आफ्नो व्यवसाय नवीकरण गर्न आग्रह गरे । उनले बैंक तथा वित्तीय संस्थामा बढ्दो ऋणको ब्याजदरले गर्दा उद्योगी, व्यापारी तथा व्यवसायीहरु मारमा परेको भन्दै ब्याजदरको सन्दर्भमा महासंघले बैंकहरुसँग चाँडै नै छलफल गरी समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । उनले नगर उद्योग वाणिज्य संघ महासंघमा आबद्ध हुनका लागि जिल्ला उद्योग वाणिज्य संघको सिफारिस अनिवार्य रहेको स्पष्ट पारे ।
नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सकुन्तलाल हिराचनले उद्योगी, व्यापारी र व्यवसायीहरुको पक्षमा हुने हरेक क्रियाकलापमा सहकार्य गर्न महासंघ तयार रहेको बताए । उद्योगी, व्यापारी र व्यवसायीहरुको आर्थिक विकासका लागि क्षमता अभिवृद्धि हुने कार्यक्रम संघहरुले निरन्तर सञ्चालन गरिरहनुपर्ने उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले जिल्लास्थित उद्योग वाणिज्य संघहरुले महिला उद्यम, कृषि उद्यम एवं रोजगारमूलक तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए । संघलाई व्यापारीहरुबीच लोकप्रिय बनाउन हरदम प्रयासरत रहनुपर्ने भन्दै उनले व्यापारी व्यवसायीहरुलाई संघप्रति आकर्षित कसरी गर्न सकिन्छ भन्नेमा संघका पदाधिकारीहरु सचेत हुनुपर्ने बताए । उद्योगी, व्यापारी, व्यवसायीहरु र संघको सम्बन्ध जीवन्त बनाउन उनीहरुको हकहितको उत्थानका लागि संघ सदैव तत्पर रहनुपर्ने उनको धारणा थियो।
कृषि उद्यम केन्द्रका सभापति अरुण सुगार्मीले परम्परागत कृषि प्रणालीलाई छोडेर आधुनिक कृषितर्फ विशेष जोड दिन आग्रह गरे । उनले कृषि क्षेत्रमा लागेका व्यवसायीले आफ्नो आर्थिक विकास गर्न प्रविधिमैत्री र एकीकृत कृषितर्फ ध्यान दिनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघले पनि कृषि उद्यममा विकास गर्न विशेष बजेट छुट्याएर कार्यक्रम गरिरहेको उनले जानकारी दिए ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले उपत्यकाका उद्योग वाणिज्य संघहरुबीच प्रगाढ सम्बन्ध रहनुपर्ने भन्दै व्यापारी व्यवसायीहरुको हकहितका लागि संघहस्बीच पनि समन्वय आवश्यक रहेको बताए । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी भक्तपुर उद्योग वाणिज्य संघले सरोकारवाला पक्षसँग समन्वय गरी अनुगमन कार्य गरिरहेको उनले जानकारी दिए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष प्रदीप श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष रोशनीमैया धौबञ्जा, उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष गणेशहरि प्रजापति, सचिव विश्वराम दुवाल, कोषाध्यक्ष सचिन्द्र प्रधानाङ्ग, सदस्य राजु त्वानाबासू, सदस्य मधुसूदन खड्का, सदस्य कृतन अवालले धारणा राखे ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...













