२३ औं विविध भाषा साहित्य सम्मेलनको तयारी पूरा
मध्यपुर थिमी, बोडे, कार्तिक १८ गते
भाषा, कला र संस्कृति बचाऔं, राष्ट्रिय भावना जगाऔं उद्घोषका साथ मध्यपुर थिमीमा २३ औं विविध भाषा साहित्य सम्मेलन आयोजनाको तयारी पूरा गरेको छ । हरेक वर्ष नेपाल सम्वत्को न्हु दं (नयाँ वर्षको पहिलो दिन) मा मध्यपुर थिमीका विभिन्न टोलहरुमा आयोजना हुँदै आएको विविध भाषा साहित्य सम्मेलनको तयारी यस वर्ष बोडेको लाछि टोलमा हुने भएको हो । नेपाली जनताले गोवर्धन पूजा, नेवार समुदायले म्ह पूजा र नेपाल सम्वत् ११४२ न्हु दं मनाइ रहँदा मध्यपुर थिमीमा विविध भाषा साहित्य सम्मेलन हुँदै आएको छ । यस वर्ष विविध भाषा साहित्य सम्मेलनको २३ औं सृखलामा कोरोना संक्रमण जोखिम व्यवस्थापन गर्दै साहित्य वाचन र विभिन्न क्षेत्रका विज्ञहरुको विचार एवं मन्तव्य मात्रै प्रस्तुत गरिने आयोजक समिति विविध भाषा साहित्यिक समाजका अध्यक्ष सूर्यराम श्रेष्ठले जनाएको छ ।
चाड पर्वमा जुवा तास खेलेर युवाहरु विकृतमा रमाउने समयमा, सृजनशिलता र राष्ट्रिय भावना बुलन्द गराउन र साहित्य, भाषा, संस्कृति, शिक्षा, स्वास्थ्य, राजनैतिक रुपमा समेत सचेत र संगठित पार्न सो समाजको अगुवाईमा विविध भाषा साहित्य सम्मेलन तथा साँस्कृतिक ब्वज्या आयोजना हुँदै आएको अध्यक्ष श्रेष्ठले जनाए । यस वर्षको सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, सचिव एवं सांसद प्रेम सुवाल सहित विभिन्न विषयका विज्ञहरुको सहभागितामा विचार गोष्ठिका साथै विभिन्न भाषा भाषिहरुको तर्फबाट साहित्य वाचन कार्यक्रम आयोजना गर्ने अन्तिम तयारी पूरा गरेको २३ औं विविध भाषा साहित्य सम्मेलनका अध्यक्ष सुरेन्द्र था श्रेष्ठले बताए । सम्मेलनमा सहभागि जनाएको उत्कृष्ठ साहित्यकारहरुलाई आकर्षक पुरस्कार वितरण गर्ने कार्यक्रम पनि रहेको अध्यक्ष श्रेष्ठले बताए ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...













