भक्तपुर नगरपालिका अनुगमन समितिद्वारा देगइनामा मासु पसल अनुगमन ।
भक्तपुर, १ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर नगरपालिका वडा नं ९ देगइनामा रहेको ६ वटा मासु पसलहरु अनुगमन गरियो । अनुगमनमा अधिकांश मासु पसलहरु दर्ता नभएको पाइएकोले स्पोटमै ५ वटा पसल दर्ता गराएको बताउनु भयो ।
अनुगमनमा गणेश मिट सप दर्ता नभएकोले दर्ता गराई फ्रिज सफा गर्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो ।
त्यस्तै सिन्धुपाल्चोक मिट सप दर्ता नभएकोले दर्ता गराई फ्रिज सफा गर्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो ।
त्यस्तै मचो भैरब चिकेन एण्ड एग सेन्टरमा विग्रेको मासु २ किलो ३०० ग्राम जफत गरी नष्ट गरीयो भने पसल नविकरण गर्न, फ्रिज सफा गर्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिई तराजु १ र चुपि १ जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुने निर्देशन दियो ।
त्यस्तै मोहन मासु पसल दर्ता नभएकोले दर्ता गराई फ्रिज सफा गर्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिई जराजू एक जफत गरी कार्यालयमा उपस्थित हुने निर्देशन दियो ।
त्यस्तै न्यू चिकेन फ्रेस मिट सप कुखुरा सफा गर्ने कार्य बाहिर फोहर हुने गरी नगर्न, दर्ता नविकरण गर्न, फ्रिज सफा गर्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न र तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै ब्रम्हायणी मिट सप दर्ता नभएकोले तीन दिन भित्र दर्ता गर्न, फ्रिज सफा गर्न, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिई म्याद नाघेको राजदेवी क्वालिटी ससेज ७ पाकेट जफत गरी नष्ट गरिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा समितिका सदस्य हरिराम सुवाल, रोशन मैया सुवाल सदस्य सचिव एवम् भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जून खाईतु, पशु सेवा कार्यालयका पार्वती योञ्जन, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, जिल्ला प्रशासन कार्याल भक्तपुरका शुशिलराज पोखरेल, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक रमेश बहादुर कार्की, उद्योग बाणिज्य संघ भक्तपुरका विश्वराम दुवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका रुपा लक्ष्मी प्रजापति र घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवाना
2026-10-28 Comments Off on अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवाना
अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवानाभक्तपुर, असोज ११। भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्वीकृत अनुमति र तोकिएको मापदण्डविपरीत...
बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ
2026-10-28 Comments Off on बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ
बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउभक्तपुर, असोज ११। बाल यौन दुरुपयोग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक...
नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ
2026-10-28 Comments Off on नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ
नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ भक्तपुर, ११ कात्तिक । वि.सं. २०८२ भदौ २४ गते 'Gen-Z'...
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
2026-10-27 Comments Off on मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक काठमाडौं १०, असोज । नेपाली माटोको सुवास, गाउँघरको आत्मीयता र मौलिक संस्कृतिको रङ...
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
2026-10-27 Comments Off on भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न भक्तपुर, कार्तिक ७। विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको उपलक्ष्यमा आयोजित...














