भक्तपुर नगरपालिका अनुगमन समितिद्वारा देगइनामा मासु पसल अनुगमन ।
भक्तपुर, १ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर नगरपालिका वडा नं ९ देगइनामा रहेको ६ वटा मासु पसलहरु अनुगमन गरियो । अनुगमनमा अधिकांश मासु पसलहरु दर्ता नभएको पाइएकोले स्पोटमै ५ वटा पसल दर्ता गराएको बताउनु भयो ।
अनुगमनमा गणेश मिट सप दर्ता नभएकोले दर्ता गराई फ्रिज सफा गर्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो ।
त्यस्तै सिन्धुपाल्चोक मिट सप दर्ता नभएकोले दर्ता गराई फ्रिज सफा गर्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो ।
त्यस्तै मचो भैरब चिकेन एण्ड एग सेन्टरमा विग्रेको मासु २ किलो ३०० ग्राम जफत गरी नष्ट गरीयो भने पसल नविकरण गर्न, फ्रिज सफा गर्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिई तराजु १ र चुपि १ जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुने निर्देशन दियो ।
त्यस्तै मोहन मासु पसल दर्ता नभएकोले दर्ता गराई फ्रिज सफा गर्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिई जराजू एक जफत गरी कार्यालयमा उपस्थित हुने निर्देशन दियो ।
त्यस्तै न्यू चिकेन फ्रेस मिट सप कुखुरा सफा गर्ने कार्य बाहिर फोहर हुने गरी नगर्न, दर्ता नविकरण गर्न, फ्रिज सफा गर्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न र तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै ब्रम्हायणी मिट सप दर्ता नभएकोले तीन दिन भित्र दर्ता गर्न, फ्रिज सफा गर्न, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिई म्याद नाघेको राजदेवी क्वालिटी ससेज ७ पाकेट जफत गरी नष्ट गरिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा समितिका सदस्य हरिराम सुवाल, रोशन मैया सुवाल सदस्य सचिव एवम् भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जून खाईतु, पशु सेवा कार्यालयका पार्वती योञ्जन, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, जिल्ला प्रशासन कार्याल भक्तपुरका शुशिलराज पोखरेल, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक रमेश बहादुर कार्की, उद्योग बाणिज्य संघ भक्तपुरका विश्वराम दुवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका रुपा लक्ष्मी प्रजापति र घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...














