राष्ट्रपति सीद्वारा सांघाई सहयोग सङ्गठनमार्फत् विश्व शान्ति र समृद्धिका पक्षमा लाग्न आग्रह ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच साझा भविष्य निर्माण आग्रह गर्नुभएको छ। उहाँले सांघाई सहयोग सङ्गठन मार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिनुभएको छ ।
राष्ट्रपति सीले भिडियो लिंक मार्फत् एससीओको राष्ट्र प्रमुखहरूको परिषद्को २१ औं बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गर्नुभएको हो।














