कोरना भाइरसबारे बहिरा समुदायलाई रेडक्रसको अभिमुखिकरण

भक्तपुर २ चैत्र २०७६
वहिरा संघ भक्तपुरको आयोजना र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्लाशाखाको समन्वयमा वहिराहरुको लागि कारोना भाईरस सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कोरोना भईरसको असर, प्रभाव चिन्ह, लक्षण, रोकथामका उपाय र के गर्ने नगर्ने विषयमा रेडक्रसका स्वयम सेवक प्रकास श्रेष्ठ र ऋषी खडकाले सहजिकरण गर्नु भएको थियो ।

दोभासे विज्ञ नानु श्रेष्ठले दोभासेको काम गर्नुको सो कार्यक्रममा भाइरसबाट बाच्नको लागि सरफाईमा ध्यानदिनु पर्ने भएको बताउँदै सहभागिहरुलाई सावुन पानिले हातधुने तरिकाको अभ्यास पनि गरिएका थिए । सहि र उपयुक्त समयमा सहि तरिकासंग हातधुनु नै कोरोना भाइरसवाट बच्न सकिने प्राथमिक पुर्व तयारी भएको उत्थानशिल नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमका सिल अफिसर कविता पोखे्रलले बताउनु भयो । अभिमुखिकरणमा संघका सचिव राजकुमार दुलालले बहिराहरुलाई भाषाको कारण धेरै समस्या हुने र विषय वस्तु बुझन झन कठिन हुने हुंदा बहिरा साथीहरुको सुरक्षा र सामाजिक उत्तरदायित्व अन्र्तरगत रेडक्रससँग समन्वय गरि कार्यक्रम आयोजना गरेको वताउनु भयो । मध्यपुरथिमिको गणेश माध्यमिक विद्यालयको हलमा भएको यो कार्यक्रम ३० जना वहिरा समुदाय सहित ४६ जनाको सहभागितामा भएको थियो ।