दशैंको समय सृजनशील कार्यमा लगाउनुपर्ने ः प्रमुख सुनिल प्रजापति
भक्तपुर । २०७८ असोज २४ गते, आइतबार
“दशैंको समय सृजनशील कार्यमा लगाई आरुनो संस्मरण, लेख, रचना र पुस्तक लेखनमा व्यतीत गर्नुपर्छ ।” भन्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दशैं तिहार कसरी सभ्य, सुसंस्कृत र सृजनशील बनाउने भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा वडा दशैं, शुभ दीपावली, ने.सं. ११४२ र छठ पर्वको उपलक्ष्यमा आइतबार शुभकामना आदान प्रदान कार्यक्रममा सम्पन्न भयो ।

कार्यक्रममा उहाँले देशको वर्तमान राजनैतिक परिप्रेक्ष्यलाई खोटल्नुहुँदै देशको राजनीतिको विषयमा सबैले चिन्तन मनन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । “अहिले शासन सत्तामा रहेकाहरुले गरेको हुँदा देशघाती सम्झौताहरु देशको सार्वभौमीकता रक्षाको लागि विदेशीहरुको दबाबमा गर्न लागिएको एमसीसी सम्झौताको निरन्तर विरोध गर्नु देशभक्त नागरिकको कर्तव्य हो” उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाले सर्त सहितको विदेशी सहयोगलाई अस्वीकार गरी जनताको सहयोगमा ङातापोल र भैरबनाथ मन्दिर लगायतका सम्पदा संरक्षण कार्य सम्पन्न गरी उदाहरणीय कार्य गरेको उल्लेख गर्नुहुँदै देशलाई बौद्धिक दरिद्रताबाट जोगाउन सरकारले देशमा उत्पादन भएको जनशक्तिलाई आरुनै देशमा काम गर्न दिने वातावरण सृजना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाद्वारा वडा नं. १ बाट भइरहेको विकास निर्माणका गतिविधिहरुको बारेमा जानकारी दिनुहुँदै सम्पदा संरक्षण, युवा तथा महिला लक्षित, स्वरोजगारी उन्मूख कार्यक्रमहरु गर्दै वडामा रहेका ४ वटा पोखरीहरु संरक्षण गरी सम्पदाले भरिपूर्ण वडाको रुपमा परिचित गर्न जनप्रतिनिधिहरु लागि परेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. १ का समाजसेवी लक्ष्मी नारायण राजलवटले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा गरिरहेको कार्य उल्लेखनीय रहेको चर्चा गर्नुभएको थियो भने बासु मा.वि.का प्राचार्य अम्बिका न्याइच्याईले पार्टीको घोषणापत्रमा उल्लेख भए अनुसार जनप्रतिनिधिहरुको अथक प्रयासबाट भक्तपुर नगरपालिले शिक्षा, स्वास्थ्य, खेलकुद लगायत महिलाहरुको समतामूलक विकासको लागि गरिरहेको प्रयासबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा वडासदस्य सूर्यप्रसाद श्रेष्ठ, गंगालक्ष्मी बमनु र वडा सचिव दमोदर लिवीले पनि बोल्नुभएको थियो ।

https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













