चाँगुनारायण नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा च्याप कटर, काउ म्याट र गोठ सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान

चाँगुनारायण नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा च्याप कटर, काउ म्याट र गोठ सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान

भक्तपुर, १ असोज। चाँगुनारायण नगरपालिकाले नगरभित्रका पशुपालक किसानहरूलाई लक्षित गर्दै ५० प्रतिशत लागत साझेदारीमा विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ

नगरपालिकाको पशुपन्छी सेवा उपशाखाको आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रम अनुसार च्याप कटर (Chaff Cutter) वितरण, काउ म्याट (Cow Mat) वितरण र गोठ/खोर सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको हो

कार्यक्रम र विनियोजित बजेट:

  • च्याप कटर तथा काउ म्याट वितरण कार्यक्रम: रु. ४,००,०००/- (५० प्रतिशत लागत साझेदारी)
  • गोठ/खोर सुधार कार्यक्रम: रु. ४,००,०००/- (५० प्रतिशत लागत साझेदारी)

आवेदनका लागि योग्यता: गाई/भैँसीको हकमा कम्तीमा ३ वटा माउ गाई वा भैँसी र भेडा/बाख्राको हकमा कम्तीमा १० वटा माउ पालेका कृषक, कृषि फर्म, कृषि सहकारी, बहुउद्देश्यीय सहकारी संस्था, कृषक समूह वा पशुपालन व्यवसायीहरूले आवेदन दिन सक्नेछन्

आवेदन दिने समय र आवश्यक कागजात: इच्छुक आवेदकले सूचना प्रकाशित भएको मिति (२०८३ असोज १ गते) ले ३० दिनभित्र नगरपालिकाको पशुपन्छी सेवा उपशाखाको कार्यविधि २०८१ अनुसार तोकिएका आवश्यक कागजात (नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जा वा लिज सम्झौता, फर्म/सहकारी दर्ता तथा नवीकरण, वडाको सिफारिस पत्र आदि) संलग्न गरी कार्यालय समयभित्र प्रस्ताव दर्ता गराउनुपर्नेछ

रीत नपुगेका र म्याद नाघी आएका प्रस्तावहरूलाई छनोट प्रक्रियामा समावेश नगराइने नगरपालिकाले जनाएको छ। थप जानकारीका लागि नगरपालिकाको टोल फ्री नम्बर १८१०५०००३५० वा १८१०५०००३५१ मा सम्पर्क गर्न सकिनेछ