भक्तपुर वडा नं. १ मा विद्यालयस्तरीय फुटसल प्रतियोगिता सुरु
भक्तपुर, ३ असोज। “पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति” भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका वडा नं. १ स्थित सहिद स्मृति खेल मैदानमा १ वडाव्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ।


भक्तपुर नगरपालिका १ नं. वडा कार्यालयद्वारा गठित १ वडा खेलकूद समितिको आयोजनामा सुरु भएको सो प्रतियोगिता असोज ३, ४ र ५ गतेसम्म सञ्चालन हुनेछ।
आज आयोजित उद्घाटन समारोहमा वडाका प्रतिनिधिहरू, खेलकूद समितिका पदाधिकारीहरू तथा स्थानीय खेलप्रेमीहरूको उपस्थिति रहेको थियो। स्थानीय विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने र प्रतिभा प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ।
प्रतियोगितामा १ नं. वडाभित्रका विभिन्न विद्यालयका टोलीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।














